News Portal

  • तपाईंको राशिफल : आज २०७६ साल जेठ ७ गते मंगलबार, सन् २०१९ मे २१ तारिख

    हिमाली संचार संवाददाता
    ४०४ पटक

    – ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    मेष – Aries

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    अवसरका लागि केही दौडधुप गर्नुपर्ला। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व पनि बढ्नेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।

    बृष – Taurus

    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    स्वास्थ्य कमजोर रहनाले लक्ष्यमा पुग्न समस्या पर्नेछ। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। आँटेको काम समयमा नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही दिन प्रतीक्षा गर्नुपर्ला।

    मिथुन – Gemini

    का, कि, कु, घ, ङ, छ, के, को, ह
    माहोल रमाइलो रहनेछ। प्रयत्न गर्दा आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न बाधा हुनेछ। परिस्थिति अनुकूल रहे पनि मन ढुक्क नहुन सक्छ। चिताएको काम ढिलो सम्पादन हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।

    कर्कट – Cancer

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। व्याहारिक समस्याले याेजना रोकिन सक्छ। कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले अग्रता दिलाउन सक्छ।

    सिंह – Leo

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    समयको मागलाई विचार गरेर अघि बढ्नुहोला। बिस्तारै कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउन सक्छ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। शुभचिन्तकहरूले साथ दिए पनि आफ्नै सक्रियताले मात्र दिगो लाभ उठाउन सकिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ।

    कन्या – Virgo

    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। तापनि, मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मिहिनेतले फाइदा दिलाउनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुपर्ला।

    तुला – Libra

    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    रचनात्मक काममा जुट्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले त्यति साथ नदिए पनि काम सम्पादन हुनेछ। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। गरिएका कर्मको प्रतिफल पाइनेछ। तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिने हुँदा सञ्चित रकम खर्चनुपर्ला। बेलामा होस नपुर्याउँदा समस्या आउनेछ। हिसाबकिताबमा होसियार रहनुहोला।

    बृश्चिक – Scorpio

    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। सामान्य आम्दानी भए पनि काम पूर्ण सम्पादन नहुन सक्छ। आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। शुभचिन्तकलाई बेवास्ता गर्दा पनि दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। तापनि सम्पादित कामबाट धन लाभ हुनेछ। मिहिनेतले आम्दानी बढ्नेछ भने पछि फाइदा हुने काममा सम्झौता हुन सक्छ।

    धनु – Sagittarius

    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढ्नेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। तर आगन्तुकले अलमल्याउने हुँदा काममा विलम्ब हुनेछ। आलस्य गर्ने बानीले पनि अलमल्याउन सक्छ।

    मकर – Capricorn

    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    आकस्मिक कामले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूलाई सरसापट दिनुपर्ने हुन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। अरूलाई समय दिँदा आफू पछि परिनेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। तर करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ।

    कुम्भ – Aquarius

    गु, गे, गो, सा, सि, सु, से, सो, द
    अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। दिगो योजना प्रारम्भ गर्ने समय छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ।

    मीन – Pisces

    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला। अवसरका लागि विवादास्पद जिम्मेवारी पनि वहन गर्नुपर्ने हुन सक्छ। नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न होला। बेसुरमा काम गर्दा समस्या पर्नेछ। तापनि, बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। खर्च लागे पनि कामको जग बसाउने मौका छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लागुऔषधसहित दमक र ईटहरीका दुई युवा पक्राउ

    रविन्द्र बराल/ मोरङ, असार ३२ – मोरङको रंगेली–४ आमतोला चोकबाट प्रहरीले लागुऔषध नाइट्राजेपामसहित दुई जना...

    भिजिट भिसामा स्पेन गएर नफर्कनेबारे सरकारको कडाइ : प्रवक्ता गुरुङ

    काठमाडौं, असार ३२ — स्पेन भ्रमणका लागि भिजिट भिसा लिइ यात्रा गरेका नेपाली नागरिक समयमै...

    पेस्तोलसहित हरी र आशिष पक्राउ

    रविन्द्र बराल/ मोरङ, असार ३२ – मोरङको जहदा गाउँपालिका–४ बाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित...

    मधेशमा सुख्खा र पानी संकट: दमकल र सेना खटाइयो, मुख्यमन्त्रीको विशेष आग्रह

    जनकपुरधाम, असार ३२ – मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिएको डरलाग्दो सुख्खा र त्यसबाट उत्पन्न भएको...

    अमेरिकाबाट थप १९ नेपाली डिपोर्ट, तल्लो बाटो हुँदै अमेरिका छिर्न खोजेकाहरु

    काठमाडौं, असार ३२ – अमेरिकाबाट थप १९ जना नेपालीहरू डिपोर्ट भएर स्वदेश फर्किएका छन् ।...