News Portal

उद्योग बन्द भएको भन्दै स्थानीय खुशी

हिमाली संचार संवाददाता
४८५ पटक

रबिन्द्र बराल
जेठ ६ साेमबार : उद्योग खुलेपछि स्थानीय खुशी हुनुपर्ने ठाउँमा उद्योग बन्द भएपछि स्थानीयले जुलुस निकालेका छन। मोरङको रंगेली ९ बेताैना स्थित विराट पोल्ट्री प्राइभेट लिमिटेड बन्द भएसँगै स्थानीयले ठूलो राहतको महशुस गरेका छन् ।

विराट पोल्ट्री प्राइभेट लिमिटेडले फोहोर व्यवस्थापन नगरेका कारण गाउँमा झिंगा फै लिएर विरामी पर्न थालेपछि स्थानीयबासी आन्दोलित हुदै आएका थिए । २०७२ सालदेखि पोल्ट्रीफर्मको दुर्गन्ध र झिगा हटाउन माग गर्दै स्थानीयबासीले पोल्ट्री फर्म हटाउन सफल भएको भन्दै आज विजय उत्सव मनाएका हुन ।

फार्मले कुखुराको सुली मानववस्तीको छेउछाउमा फाल्ने गरेका कारण कारण स्थानीयले विभिन्न समस्या खेप्दै आएका थिए। कुखुरा फर्मबाट फै लिएको झिंगाका कारण सोराभाग, रंगेली, बवियाविर्ता र दर्वेशाका स्थानियवासी हैरान भएका थिए ।

३० बिगाहा जमिनमा फैलिएको पोल्ट्री फार्मका कारण झिंगाको प्रकोप बढेर मानव स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै स्थानीयले आन्दोलन गर्दै आएका थिए । उनीहरुले यस्ता फर्म तथा उद्योग मानव बस्तीबाट टाढा स्थापना गर्न पनि आग्रह गरेका छन् ।

पोल्ट्रिफाम हटाउन स्थानीयले बारम्बार धर्ना, बन्द, हड्ताल, तालाबन्दी लगायतका कार्यक्रम गर्दे आएका थिए । पाेल्टि फर्म बन्द भएपछि उनीहरुले विजय उत्सव मनाएका हुन ।

२०७२ चैत्र ३१ गतेदेखि झिंगा अातङ्गले गाऊमा हैजा फैलिन थालेपछी त्यसको विरोध गदै उद्योग बन्द गर्ने स्थानीय सडकमा उत्रिएका थिए। स्थापनाकालमा ३ कराेड ८० लाखमा मझौला उद्योगमा दर्ता गरेकाे र अण्डा बिक्रीवितरण गर्नकाे सुरु गरेको थियोे ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...