News Portal

उद्योग बन्द भएको भन्दै स्थानीय खुशी

हिमाली संचार संवाददाता
४४२ पटक

रबिन्द्र बराल
जेठ ६ साेमबार : उद्योग खुलेपछि स्थानीय खुशी हुनुपर्ने ठाउँमा उद्योग बन्द भएपछि स्थानीयले जुलुस निकालेका छन। मोरङको रंगेली ९ बेताैना स्थित विराट पोल्ट्री प्राइभेट लिमिटेड बन्द भएसँगै स्थानीयले ठूलो राहतको महशुस गरेका छन् ।

विराट पोल्ट्री प्राइभेट लिमिटेडले फोहोर व्यवस्थापन नगरेका कारण गाउँमा झिंगा फै लिएर विरामी पर्न थालेपछि स्थानीयबासी आन्दोलित हुदै आएका थिए । २०७२ सालदेखि पोल्ट्रीफर्मको दुर्गन्ध र झिगा हटाउन माग गर्दै स्थानीयबासीले पोल्ट्री फर्म हटाउन सफल भएको भन्दै आज विजय उत्सव मनाएका हुन ।

फार्मले कुखुराको सुली मानववस्तीको छेउछाउमा फाल्ने गरेका कारण कारण स्थानीयले विभिन्न समस्या खेप्दै आएका थिए। कुखुरा फर्मबाट फै लिएको झिंगाका कारण सोराभाग, रंगेली, बवियाविर्ता र दर्वेशाका स्थानियवासी हैरान भएका थिए ।

३० बिगाहा जमिनमा फैलिएको पोल्ट्री फार्मका कारण झिंगाको प्रकोप बढेर मानव स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै स्थानीयले आन्दोलन गर्दै आएका थिए । उनीहरुले यस्ता फर्म तथा उद्योग मानव बस्तीबाट टाढा स्थापना गर्न पनि आग्रह गरेका छन् ।

पोल्ट्रिफाम हटाउन स्थानीयले बारम्बार धर्ना, बन्द, हड्ताल, तालाबन्दी लगायतका कार्यक्रम गर्दे आएका थिए । पाेल्टि फर्म बन्द भएपछि उनीहरुले विजय उत्सव मनाएका हुन ।

२०७२ चैत्र ३१ गतेदेखि झिंगा अातङ्गले गाऊमा हैजा फैलिन थालेपछी त्यसको विरोध गदै उद्योग बन्द गर्ने स्थानीय सडकमा उत्रिएका थिए। स्थापनाकालमा ३ कराेड ८० लाखमा मझौला उद्योगमा दर्ता गरेकाे र अण्डा बिक्रीवितरण गर्नकाे सुरु गरेको थियोे ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...