News Portal

सामाजिक संजालमा भाइरल बनेको कांग्रेस सभापति देउवाको तस्बिर !

हिमाली संचार संवाददाता
५२५ पटक

काठमाडौँ, ५ जेठ : यतिबेला नेपाली कांग्रेसको जागरण अभियान देशभर चलिरहेको छ । देशका ७७ वटै जिल्लामा संचालन भएका जागरण अभियानमा कांग्रेस नेताहरू सहभागी भएर जनतालाई थप जागरुक बनाउने कोसिस गरिरहेका छन् ।

तराईमा समेत लागिरहेको जागरण अभियान विभिन्न जिल्लामा कांग्रेस सभापति शेर बहादुर देउवा पुगेर अभियानलाई सफल बनाएका छन् । तराईको त्यो मान्छेलाई अलतलाउने गर्मिमा गएर जनताको सेवाको लागि खटेर काम गरिरहँदा उनको चौतर्फि प्रशंसा भइरहेको छ ।

कांग्रेस सभापति देउवाले एक कार्यक्रममा सहभागि हुन जाँदा रिक्सामै चढेर जागरण अभियानमा सहभागी भएका छन्, जुन तस्वीर सामाजिक संजालमा भाइरल बनेको छ । यो चारैतिर चर्चा परिचर्चाको विषय बनेको छ। उनको यो तस्बिरले राष्ट्रपति विद्यादेवि भण्डारीलाई नराम्ररी झाप्पड हानेको छ ।

राष्ट्रपतिले आफू कतै सवारी हुदाँ पुरै बाटो बन्द गर्ने परम्पराले दिक्क भएका जनताले देउवाको यो शैलीको खुलेर प्रशंसा समेत गरेका छन् । सर्वसाधारण जनता जस्तै रिक्सामै चढेर जनताको घरदैलोमा पुर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा पुगेपछि त्यहाँका जनताले एक सच्चा नेताको रहेको महसुस गरेका छन् ।

देउवाको प्रशंसा गर्ने माथि तस्बिरमा देखिएका केही पात्र मात्रै हुन। उनको यो तस्बिर पत्रपत्रिका टेलिभिजन र विभिन्न अनलाइन प्रोटलहरुमा पनि भाइरल नै बनेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...