News Portal

सुनवर्सि नगरपालिका ७ नम्बरकाे वडा कार्यालय ४ दिन देखि बन्द

हिमाली संचार संवाददाता
१०६८ पटक

मोरङ, ३ जेठ : माेरङकाे सुनवर्सि नगरपालिकाकाे वडा नम्बर ७ कार्यलयमा स्थानीयले बिगत ४ दिन देखि तालाबन्दी गरेता पनि नगर प्रमुख तथा स्थानीय प्रशासन माैन भएको छ। नेपाल सरकारले सिंहदरवारकाे अधिकार स्थानीय सरकारलाई हस्तान्तरण गरेता पनि अझै गाउँ घरका जनताले भने दुख पाउन छाडेका छैनन् ।

चुरेभावर रास्ट्रपति काेषबाट चैत्र महिनामा बक्रा खाेलामा तटबन्ध लगाउनका लागि २० लाख रुपैयाँ रकम बिनियाेजन भएता पनि नगरपालिकाका मेयर काली प्रसाद दासकाे एकलौटी रुपमा गरेको स्थानीयले अाराेप लगाएका छन। निर्माणकाका लागी वडाध्यक्ष तथा स्थानीयलाई कुनै जानकारी नै नदिइ मेयरले एकलौटी ढङ्गबाट उपभोक्त समिति निर्माण गरेर काम सुरु गरेको अाराेपमा वडाध्यक्ष प्रकाश यादवले बताए ।

मेयरले भने अहिलेसम्म अाफुलाई वडा कार्यालयमा तालाबन्दी भएको बिषयमा कुनै जानकारी नअाएकाे र कसैले नभनेको समेत बताए। उनलेे भने अहिलेसम्म रकम समेत नअाएकाे र अाफुले कुनै किसिमको समिति समेत नवनाएकाे बताए ।

बिगत ४ दिन देखि वडा कार्यालय बन्द रहदा सर्वसाधारणहरुलाई जन्म दर्ता, बिवहा दर्ता, सिफारिस जस्ता काम समेत ठप्प भएको भने दैनिकी राजस्वमा समेत प्रभाव परेको छ ।

प्रतिकृया दिनुहोस्

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ...

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ५ फागुन — निर्वाचनसँग सम्बन्धित अफवाह फैलाएको आरोपमा मेडिकल व्यवसायी र ‘राष्ट्र, राष्ट्रियता, धर्म,...

पैदलयात्रीमाथि हातपात गर्ने चालकको खोजी तीव्र

काठमाडौं, फागुन ६ — सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि कुटपिट गर्ने कार...

चितवन–३ मा सोविता गौतमलाई अघि सार्नु पार्टीको सामूहिक निर्णय : लामिछाने

चितवन, ५ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले सोविता गौतमलाई चितवन–३...

अफवाह प्रकरणमा दुर्गा प्रसाईंविरुद्ध म्याद थपको तयारी

काठमाडौं, ५ फागुन — निर्वाचनसम्बन्धी भ्रामक अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म,...