News Portal

स्याङ्जाको दलित समुदाय पिउने पानीको समस्यामा, जुनतन्त्र आएपनी जीवनशैली उस्तै !

हिमाली संचार संवाददाता
८५९ पटक

स्याङ्जा, ३ जेठ : तपाई हामीलाई पानी लिन जाँदा एक घण्टा लाग्छभन्दा अचम्म लाग्न सक्छ । तर बिरुवा गाउँपालिका–५ किचनास पुष्पगाउँका दलित समुदायले पुस्तौँदेखि खानेपानीका लागि एक घण्टाको बाटो हिँडेर जोहो गर्दै आएका छन् । देशमा लोकतन्त्र आयो, गणतन्त्र आयो, धेरै परिवर्तन भयो तर २५ घर रहेको पुष्पगाउँका दलित बस्तीमा भने कुनै तन्त्रले छोएको छैन । व्यवस्थामा परिवर्तन आए पनि यो गाउँका स्थानीयवासीले डोकोमा पानी बोकेरै दैनिकी चलाइरहेका छन् ।

डोकोमा पानीको गाग्री बोकेर घरतर्फ आउँदै गर्नुभएकी ३६ वर्षीया सन्सारी विकले भन्नुभयो, “एक गाग्री पानी ल्याउन एक घण्टा लाग्छ, बिहान उठेर पानी लिन नागास्थान धारामा जानुपर्छ । पानी बोक्दा बिहानको धेरै समय खर्च हुने भएकाले छोराछोरीलाई स्कूल पठाउनसमेत समस्या हुने गरेको छ ।”

बिहान बेलुकाको अधिकांश समय पानी बोकेरै बित्ने भएकाले खेती किसान गर्नसमेत समस्या हुने गरेको मुक्तबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यत्ति टाढाबाट ल्याएको पानी घरपरिवारले खाने कि गाईवस्तुलाई खुवाउने ?” पानीको समस्याले गाउँलेले धेरै दुःख पाएको र चुनावका बेलामा सबैले यो गर्छौं त्यो गर्छौं भने पनि आफूहरुले कतैबाट सहयोग नपाएको उहाँले गुनासो गर्नुभयो ।

किचनास आधारभूत विद्यालयकी शिक्षिका सुनिता सुनारले बिहान झिसमिसेमै उठेर पानी बोक्नुपर्ने भएकाले राम्रोसँग निद्रासमेत पुर्‍याउन नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “बिहान उठेर पानी बोक्ने कि घरको काम गर्ने निकै समस्या भएको छ ।” पानीकै कारण कहिलेकाहीँ त विद्यालय जानसमेत ढिला हुने गरेको सुनिताले बताउनुभयो।

गाउँका वृद्धदेखि बालबच्चासम्म बिहान–बेलुका पानी बोकेरै अधिकांश समय बिताउन बाध्य छन् । लामो बाटो ठूलाठूला गाग्रीमा पानी बोक्नुपर्दा ढाडका साथै नशा च्यापिनेसम्मका समस्या आएको स्थानीय बासिन्दा बताउँछन् । गाउँमा पानीको समस्याले आफूहरु गाग्रीसँग सम्झौता गर्न बाध्य भएको र पानीकै अभावमा गाउँमा सरसफाइसमेत गर्न नसक्नुका साथै केही आयआर्जनका कामसमेत हुन नसकेको उनीहरुको गुनासो छ ।

बिरुवा गाउँपालिकका अध्यक्ष चुनप्रसाद शर्माले पुष्पगाउँको दलित बस्तीमा खानेपानी समस्या समाधानका लागि आफूले पहल गरिरहेको र मूलको समस्याले गर्दा केही ढिला भए पनि पुष्पगाउँका बासिन्दालाई पानी खुवाएरै छाड्ने बताउनुभयो। (रासस)

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...