News Portal

नेता गगन थापाको भाषण सुन्न पूरै जिल्ला उर्लिएपछी…

हिमाली संचार संवाददाता
५८९ पटक

जाजरकोट, ३ जेठ : नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेस पार्टी कम्जोर नभएर जिम्मेवार भएको बताएका छन् । नेपाली कांग्रेसको जागरण अभियान अन्तर्गत बुधबार जाजरकोटको छेडागाड नगरपालिकाको थलह बजारमा आयोजित आमसभालाइ सम्बोधन गर्दै थापाले कांग्रेसको अनुशासनलाई कम्युनिस्टहरूले कमजोरीका रुपमा लिएको बताए ।

संसदमा थोरै संख्या भयो भनेर सत्ता पक्ष नेकपा र अरुले आफ्नो पार्टीलाइ कम्जोर भनेर आलोचना गर्ने गरेको प्रसंग उठाउँदै थापाले कांग्रेस कम्जोर नभएर गणतन्त्र, संविधान कार्यान्वयन र राजनैतिक मूल्य मान्यताप्रति जिम्मेवार भएको बताए। जनताको त्याग बलिदान र संघर्षले प्राप्त गरेको गणतन्त्रको संस्थागत विकास र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि संख्या जे सुकै भएपनि कांग्रेस जिम्मेवार प्रतिपक्षमा सशक्त भूमिकामा रहेको युवा नेता थापाले बताए ।

कांग्रेसका सांसद समेत रहेका थापाले कम्युनिस्ट सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको बताए । उनले यसका विरुद्ध सबै पत्रकार, जनता र लोकतन्त्रका पक्षधरहरू जाग्नुपर्ने बताए ।

‘कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले दुनियाँलाई जिस्काउन मिल्ने तर, एउटा नागरिक र पत्रकारले उहाँको गलत कामको विरोधमा लेख्न र वोल्न नपाउने व्यवस्था लोकतान्त्रिक होइन’, उनले भने, ‘दुईतिहाइको दम्भमा सरकार निरंकुश र अलोकतान्त्रिक हर्कत देखाउन उद्दत छ ।

युवा नेता थापाले जनताको प्रतिनिधिको रुपमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीका केही काम र क्रियाकलापहरूले गणतन्त्रप्रति नै जनताले नकरात्मक धारणा बनाउन थालेको बताए ।

शीतलनिवासबाट राष्ट्रपति बाहिर निस्कदा सडकमा जनताको भागाभाग हुनुले गणतान्त्रिक शासन व्यवस्थाप्रति नै जनतामा आक्रोश पैदा गराउन थालेको थापाले बताए । उनले कञ्चनपुरमा बलत्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका बुवाआमालाई कम्युनिस्ट सरकारले न्याय दिन नसकेको बताए ।

नेपाली कांग्रेस क्षेत्र नम्वर २ को क्षेत्रीय कार्यसमितिले आयोजना गरेको उक्त आमसभामा बोल्दै राष्ट्रिय जागरण अभियानका लागि जाजरकोटमा केन्द्रीय प्रतिनिधिको रुपमा खटिएका कांग्रेस नेता तप्तबहादुर विष्टले देशको वर्तमान अवस्था र कांग्रेसको भूमिकाको बारेमा जनतालाई जानकारी गराउन आफूहरू गाउँमुखी भएको बताए ।

उनले नेकपाको सरकारले दुई तिहाइको नाममा देखाएको दम्भ र अधिनायकवादी शैलीका कारण देशमा जनताको सरकार भएको अनुभूति गर्न नपाएको बताए । उनले सरकारका गलत कार्यहरूको विरुद्ध सारा देशवासीहरू जाग्नुपर्ने बेला भएको बताए ।

आमसभामा नेपाल विद्यार्थी संघका केन्द्रीय समितिका पूर्वसदस्य खडक विसी, नेपाल महिला संघ जाजरकोटकी अध्यक्ष मैना कार्की, नेपाली कांग्रेसका नेताहरू शेरबहादुर शाही, बेदराज सिंह, कांग्रेस जाजरकोटका पूर्वसभापति सनतकुमार कार्की, वर्तमान सभापति दीपकजंग शाह लगायतका नेताहरूले जागरण अभियान, कांग्रेसको भूमिकाको बारेमा आफ्ना धारणाहरू राखेका थिए ।

सरकारले जनताको मतविपरीत गरिरहेका विभिन्न गलत हर्कतहरूको कांग्रेसले डटेर सामना गर्नुपर्ने उनीहरूको भनाइ थियो । नेपाली जनताको वीचमा गएर कांग्रेसले सुधारका धेरै कामहरू गर्नुपर्ने र नेकपा नेतृत्वको सरकारको भण्डाफोर गर्नुपर्ने बताए ।

क्षेत्रीय सभापति कालीबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न उक्त आमसभामा जिल्लाका सातै स्थानीय तहका कांग्रेसी नेता कार्यकर्ता र सर्वसाधारणहरूको ठूलो उपस्थिति रहेको थियो। कांग्रेसका युवा नेता थापाको भाषण सुन्न कांग्रेसका मात्र नभइ कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू पनि कांग्रेसको आमसभामा देखिएको प्रत्यक्षदर्शीले बताए ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...