News Portal

जुम्लामा ट्राफिक नियम सिकाइँदै एक महिला ट्राफिक

हिमाली संचार संवाददाता
३२४ पटक

जुम्ला- राष्ट्रिय सडक सञ्जालमा जोडिएको एक दशक भए पनि महिला तथा बालबालिकालाई ट्राफिक नियमसम्बन्धी जानकारी छैन । कर्णाली राजमार्ग हुँदै जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।

यहाँका महिला तथा बालबालिका र  ज्येष्ठ नागरिक सडकको दायाँबायाँ कतातर्फँ हिँड्ने, कसरी सडक पार गर्ने तथा प्रयोग गर्ने भन्ने कुरा जानकारी नहुँदा दुर्घटना भएका छन् ।

यहाँका सर्वसाधारणले चौपायालाई सडकमा जथाभावी छाड्ने गर्दा पनि दुर्घटनाको जोखिम बढेको छ ।

दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालय जुम्लाले ट्राफिक नियमसम्बन्धी जनचेतना जगाउने गरेको छ ।

ट्राफिक, ट्राफिक प्रहरी, सडक तथा बाटाको प्रयोग गर्ने तरिका, सवारी साधनमा यात्रा गर्दा ध्यान दिनुपर्ने विषयबारेमा जनचेतना जगाइएको ट्राफिक हवलदार कुशराज शाहीले बताए ।

उनले भने, ‘सवारी साधनमा यात्रा गर्ने तरिका तथा छाडा पशुचौपायाबाट हुने सवारी दुर्घटना र धनजनको क्षति सम्बन्धमा प्रशिक्षण तथा जनचेतना जगाउन काम गरिएको हो ।’

किसान माइक्रो फाइनान्सको आयोजनामा तिला  र तातोपानी गाउँपालिकाका महिलालाई सचेतना दिलाइएको हो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...