News Portal

मिडिया काउन्सिल विधेयक फिर्ता लिन सरकारलाइ काँग्रेस महामन्त्री खड्काको आग्रह

हिमाली संचार संवाददाता
७४२ पटक

काठमाडौं, ३१ बैशाख : नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक प्रतिगामी भएको टिप्पणी गरेका छन।

प्रस्तावित मिडिया काउन्सिल विधेयकको सर्वत्र आलोचना भईरहेका बेला सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा राख्दै महामन्त्री खड्काले उक्त विधेयक तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन।

सरोकारवालाहरु पक्षसँग छलफल, परामर्श र सहमती नगरी संसदमा दर्ता गरिएको विधेयक फिर्ता नगरे सरकारका लागि निकै महंगो सावित हुने खड्काको भनाई छ।

“मिडिया काउन्सिल विधेयक संसदबाट तत्काल फिर्ता लिई सरोकारवाला पक्षसँग परामर्श पश्चात सहमती निर्माण गरेर मात्र पूनः संसदमा प्रस्तुत गर्नु बुद्धिमानी हुनेछ। अन्यथा समय बलवान हुन्छ चेताना भया।” महामन्त्री खड्काले लेखेका छन।

काँग्रेस महामन्त्री खड्का यस अघि नेपाल सरकारका उद्योग, बाणिज्य, जनसंख्या तथा बाताबरणमन्त्री हुँदै कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री भएका बेलामा गृह तथा संचारमन्त्री समेत थिए।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...