News Portal

मिडिया काउन्सिल विधेयक फिर्ता लिन सरकारलाइ काँग्रेस महामन्त्री खड्काको आग्रह

हिमाली संचार संवाददाता
७९६ पटक

काठमाडौं, ३१ बैशाख : नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक प्रतिगामी भएको टिप्पणी गरेका छन।

प्रस्तावित मिडिया काउन्सिल विधेयकको सर्वत्र आलोचना भईरहेका बेला सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा राख्दै महामन्त्री खड्काले उक्त विधेयक तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन।

सरोकारवालाहरु पक्षसँग छलफल, परामर्श र सहमती नगरी संसदमा दर्ता गरिएको विधेयक फिर्ता नगरे सरकारका लागि निकै महंगो सावित हुने खड्काको भनाई छ।

“मिडिया काउन्सिल विधेयक संसदबाट तत्काल फिर्ता लिई सरोकारवाला पक्षसँग परामर्श पश्चात सहमती निर्माण गरेर मात्र पूनः संसदमा प्रस्तुत गर्नु बुद्धिमानी हुनेछ। अन्यथा समय बलवान हुन्छ चेताना भया।” महामन्त्री खड्काले लेखेका छन।

काँग्रेस महामन्त्री खड्का यस अघि नेपाल सरकारका उद्योग, बाणिज्य, जनसंख्या तथा बाताबरणमन्त्री हुँदै कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री भएका बेलामा गृह तथा संचारमन्त्री समेत थिए।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...