News Portal

    ललितपुरमा क्रसर संघका नाममा अवैध असुली

    हिमाली संचार संवाददाता
    ३२७ पटक

    ललितपुर : नक्कली क्रसर संघ खडा गरी मालबाहक सवारी साधनसंग रकम असुल गरेको रहस्य सार्वजनिक भएको छ । दक्षिण ललितपुर क्रसर व्यवसायी संघ नामको नक्कली संघ खडा गरी व्यवसायीहरुले अबैध गतिबिधि संचालन गरेको पीडित ब्यवसायीहरुले बताएका छन ।

    जिल्लाको गोदावरी नगरपालिका–६, नल्लुखोलाबाट चक्रपथ भित्र प्रवेश गर्ने मालबाहक सवारी साधनलाई विभिन्न बहानामा अवैध रुपमा रकम लिएको पीडितहरु बताउ छन । संघले बाटो मर्मत तथा जग्गा मुआब्जाका लागि भन्दै खुलेआम रुपमा रकम उठाइएको ट्रिपर चालक बिकास घलानले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

    टिका भैरब, टाहाखेल, भैँसेपाटी र नख्खु गरी चार स्थानबाट अबैध रुपमा रकम उठाउने कामलाई तीव्रता दिएको सवारी चालकहरु बताउँछन् । गोदावरी नगरपालिकाले ठेक्का लगाई कर उठाउने ती चार स्थानबाट संघको बिल चालकलाई थमाई रकम असुल गर्ने गरेको सवारी चालकहरुले बताएका छन ।

    विभिन्न बहानामा टोलै पिछे स्थापना भएका संघ संस्थाले रकम उठाउदा सवारी चालक आजित भएका छन् । नगरले उठाउने रकम त कहिँ जाँदैन । विकासमै खर्च होला । तर यो रकम अबस्य नै बाटो बनाउने नाममा खल्तीमा भर्ने उपाय मात्रै हो । यसल हामी आजित छौँ घलानले जानकारी दिनुभयो ।

    एक चालकले उपलब्ध गराएको रसिदमा दश चक्के ट्रिपरसंग ५ सय , ६ पाङग्रे ट्रिपरसंग तीन सय ५०, साना गाडीबाट १ सय, मिनी ट्रिपरसंग एक सय ५० रकम उठाउने गरेको देखिन्छ ।

    जताततै नक्कली कामगर्नेको बिगबिगी !

    महिनौँ देखि सडक खाल्डा खुल्डी परे पनि मर्मत गर्नुको सट्टा कसैले खाल्डो भर्ने र मर्मत गर्ने चासो नराखेको भन्दै विभिन्न वहानामा रकम उठाउनु ठगीको जुक्ति मात्रै भएको चालकहरु बताउँछन् । देशमा नयाँ संरचना आएसँगै संघ, प्रदेश र स्थानीय सरकार बाहेक कसैले यसरी कुनै बस्तु माथि कर लगाउन पाईदैन । तर यहाँ खुलेआम रुपमा रकम असुल गर्दापनि कसैको ध्यान नगएको भन्दै ट्रिपर चालक शंकर भण्डारीले बताउनुभयो ।

    बाटो मर्मत भने पनि मालबाहक सवारी गुड्ने सबै सडकको अवस्था नाजुक बन्दै गएको देखिन्छ । अबैध रुपमा रकम असुल गर्दै आएको संघ २०६२ मा स्थापना भएको दावी गरिएपनि उक्त संस्था सरकारी निकायमा दर्ता भएको देखिदैन । ललितपुर क्रसर व्यवसायी संघका एक पूर्व अध्यक्षले नयाँ संघ दर्ता र रकम उठाएको विषयमा आफुलाई थाहा नभएको बताए ।

    संघमा को को पदाधिकारी छन भन्ने अबैध रुपमा रकम असुल गर्ने समुहलाई पनि थाहा छैन । स्रोतका अनुसार उक्त अबैध क्रसर संघमा नल्लुखोलाका क्रसर व्यवसायीहरु संलग्न रहेको दावी गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भूसालले संघ, प्रदेश र स्थानीय निकाय बाहेकले कुनै बस्तु माथि कर लगाउनु अबैध ठहरिने बताउनुभयो । उहांले अबैध काम संचालन गर्नेलाई कानुनी दायरामा ल्याइने बताउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    आज २०८२ साल असार ४ गतेको राशिफल

    आज असार ४, २०८२ (जुन १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सर्दुखोला नियन्त्रणको भुक्तानीलाई लिएर धरानमा मेयर-उपमेयरबीच फेरि विवाद, अवस्था तनावपूर्ण

    धरान, असार ३ – धरान उपमहानगरपालिकामा फेरि एकपटक राजनीतिक तानातान चर्किएको छ। सर्दुखोला नियन्त्रण कार्यको...

    एनसीसीको चुनाव बढीमा ६ महिनासम्म सार्न सकिने एनआरएनएको निर्णय (पत्रसहित)

    काठमाडौँ, असार ३ — गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) ले अहिलेको विशिष्ट...

    गौशाला नगरपालिकामा उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रमुखकै आदेशमा गेटमै तालाबन्दी

    महोत्तरी, असार ३ – गौशाला नगरपालिकामा जनप्रतिनिधिहरूबीचको आपसी विवाद सार्वजनिकरूपमा चुलिएको छ। नगरप्रमुख डा. दीपेन्द्र...

    सभामुख र गृहमन्त्रीबीच संसद् गतिरोध अन्त्य गर्न छलफल, सहमति प्रयास जारी

    काठमाडौं, असार ३ – प्रतिनिधिसभाको अवरोध हटाउने प्रयासस्वरूप सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच...