News Portal

ललितपुरमा क्रसर संघका नाममा अवैध असुली

हिमाली संचार संवाददाता
४१५ पटक

ललितपुर : नक्कली क्रसर संघ खडा गरी मालबाहक सवारी साधनसंग रकम असुल गरेको रहस्य सार्वजनिक भएको छ । दक्षिण ललितपुर क्रसर व्यवसायी संघ नामको नक्कली संघ खडा गरी व्यवसायीहरुले अबैध गतिबिधि संचालन गरेको पीडित ब्यवसायीहरुले बताएका छन ।

जिल्लाको गोदावरी नगरपालिका–६, नल्लुखोलाबाट चक्रपथ भित्र प्रवेश गर्ने मालबाहक सवारी साधनलाई विभिन्न बहानामा अवैध रुपमा रकम लिएको पीडितहरु बताउ छन । संघले बाटो मर्मत तथा जग्गा मुआब्जाका लागि भन्दै खुलेआम रुपमा रकम उठाइएको ट्रिपर चालक बिकास घलानले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

टिका भैरब, टाहाखेल, भैँसेपाटी र नख्खु गरी चार स्थानबाट अबैध रुपमा रकम उठाउने कामलाई तीव्रता दिएको सवारी चालकहरु बताउँछन् । गोदावरी नगरपालिकाले ठेक्का लगाई कर उठाउने ती चार स्थानबाट संघको बिल चालकलाई थमाई रकम असुल गर्ने गरेको सवारी चालकहरुले बताएका छन ।

विभिन्न बहानामा टोलै पिछे स्थापना भएका संघ संस्थाले रकम उठाउदा सवारी चालक आजित भएका छन् । नगरले उठाउने रकम त कहिँ जाँदैन । विकासमै खर्च होला । तर यो रकम अबस्य नै बाटो बनाउने नाममा खल्तीमा भर्ने उपाय मात्रै हो । यसल हामी आजित छौँ घलानले जानकारी दिनुभयो ।

एक चालकले उपलब्ध गराएको रसिदमा दश चक्के ट्रिपरसंग ५ सय , ६ पाङग्रे ट्रिपरसंग तीन सय ५०, साना गाडीबाट १ सय, मिनी ट्रिपरसंग एक सय ५० रकम उठाउने गरेको देखिन्छ ।

जताततै नक्कली कामगर्नेको बिगबिगी !

महिनौँ देखि सडक खाल्डा खुल्डी परे पनि मर्मत गर्नुको सट्टा कसैले खाल्डो भर्ने र मर्मत गर्ने चासो नराखेको भन्दै विभिन्न वहानामा रकम उठाउनु ठगीको जुक्ति मात्रै भएको चालकहरु बताउँछन् । देशमा नयाँ संरचना आएसँगै संघ, प्रदेश र स्थानीय सरकार बाहेक कसैले यसरी कुनै बस्तु माथि कर लगाउन पाईदैन । तर यहाँ खुलेआम रुपमा रकम असुल गर्दापनि कसैको ध्यान नगएको भन्दै ट्रिपर चालक शंकर भण्डारीले बताउनुभयो ।

बाटो मर्मत भने पनि मालबाहक सवारी गुड्ने सबै सडकको अवस्था नाजुक बन्दै गएको देखिन्छ । अबैध रुपमा रकम असुल गर्दै आएको संघ २०६२ मा स्थापना भएको दावी गरिएपनि उक्त संस्था सरकारी निकायमा दर्ता भएको देखिदैन । ललितपुर क्रसर व्यवसायी संघका एक पूर्व अध्यक्षले नयाँ संघ दर्ता र रकम उठाएको विषयमा आफुलाई थाहा नभएको बताए ।

संघमा को को पदाधिकारी छन भन्ने अबैध रुपमा रकम असुल गर्ने समुहलाई पनि थाहा छैन । स्रोतका अनुसार उक्त अबैध क्रसर संघमा नल्लुखोलाका क्रसर व्यवसायीहरु संलग्न रहेको दावी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भूसालले संघ, प्रदेश र स्थानीय निकाय बाहेकले कुनै बस्तु माथि कर लगाउनु अबैध ठहरिने बताउनुभयो । उहांले अबैध काम संचालन गर्नेलाई कानुनी दायरामा ल्याइने बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...