News Portal

बनगाड कुपिण्डेमा ६० प्रतिशत योजनाका काम सम्पन्न

हिमाली संचार संवाददाता
५०३ पटक

दुर्गा वि.सी.
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा ६० प्रतिशत काम सम्पन्न भई सकेको छ । नगरका १ देखि १२ वटा वडाहरुमा विनीयोजित विभिन्न शिर्षकका योजनाका कामहरु धमाधम भैरहेका छन् ।

केहि काम सकि सकेका छन् भने बाँकी कामहरु भने जारि रहेको नगर प्रमुख गोविन्द कुमार पुनले वताउँनु भयो । नगरमा प्रशासकिय अधिकृत लामो समय पछि सरुवाई भएर आए पछि पछिल्ला दिनमा नगरका कामकाजले तिव्रता दिन सुरु भएको जनाएको छ ।

प्रशासकिय अधिकृत हरिवहादुर खत्रीका अनुसार नगरमा हाजिर हुन साथ ११ वटै वडा कार्यालयहरुको अनुगमन गर्नु भएको थियो । वडाको अवस्था र कार्यालयहरुमा कर्मचारिहरुको कामकाज साथै वडामा कामहरुको विषयमा जानकारि लिनु भएको थियो ।

वडाहरुको लागि विनीयोजित शिर्षकको करिव ८० प्रतिशत काम सकिएको छ भने टेण्डरका कामहरु धामाधम सञ्चालन भैरहेको के.सीको भनाई छ । साथै दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता समेत निकास भई वितरणको अन्तीम चरणम छ ।

विद्युतको काम वाहेक अन्य सवै काम अघि वढिरहेको छ भने बाँकी कामकाज समेत छिटै अगाडी वढ्ने वताएको छ । सम्पन्न योजनाहरुको भुक्तानी समेतको काम सुरु हुन थालेको छ । नगरमा २ महिना सम्म प्रशासकिय अधिकृत नहुदाँ कामकाज प्रभावित वनेका थिए । प्रशासकिय अधिकृत नगरमा आएसँगै कामकाजले तिव्रता पाएको वताएको छ ।

नगरमा अझै प्रयाप्त कर्मचारि नभएको र सिमित कर्मचारिबाटै नागरिकका सेवाहरु सञ्चालनका लागि थोरै कर्मचारिहरुबाट धेरै जिम्मेवारि दिएर काम अघि वढाएको छ । साथै योजनाहरुको अनुगमनलाई समेत तिव्रता दिएको छ । सम्पन्न भएका योजनाहरुको अनुगमनको लागि दिन दिनै इन्जीनीय,प्राविधी र कर्मचारिको टोलिले अनुगमन गरिरहेको उप प्रमुख मञ्जु यरीले जानकारि दिनु भएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...