News Portal

बनगाड कुपिण्डेमा ६० प्रतिशत योजनाका काम सम्पन्न

हिमाली संचार संवाददाता
५२९ पटक

दुर्गा वि.सी.
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा ६० प्रतिशत काम सम्पन्न भई सकेको छ । नगरका १ देखि १२ वटा वडाहरुमा विनीयोजित विभिन्न शिर्षकका योजनाका कामहरु धमाधम भैरहेका छन् ।

केहि काम सकि सकेका छन् भने बाँकी कामहरु भने जारि रहेको नगर प्रमुख गोविन्द कुमार पुनले वताउँनु भयो । नगरमा प्रशासकिय अधिकृत लामो समय पछि सरुवाई भएर आए पछि पछिल्ला दिनमा नगरका कामकाजले तिव्रता दिन सुरु भएको जनाएको छ ।

प्रशासकिय अधिकृत हरिवहादुर खत्रीका अनुसार नगरमा हाजिर हुन साथ ११ वटै वडा कार्यालयहरुको अनुगमन गर्नु भएको थियो । वडाको अवस्था र कार्यालयहरुमा कर्मचारिहरुको कामकाज साथै वडामा कामहरुको विषयमा जानकारि लिनु भएको थियो ।

वडाहरुको लागि विनीयोजित शिर्षकको करिव ८० प्रतिशत काम सकिएको छ भने टेण्डरका कामहरु धामाधम सञ्चालन भैरहेको के.सीको भनाई छ । साथै दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता समेत निकास भई वितरणको अन्तीम चरणम छ ।

विद्युतको काम वाहेक अन्य सवै काम अघि वढिरहेको छ भने बाँकी कामकाज समेत छिटै अगाडी वढ्ने वताएको छ । सम्पन्न योजनाहरुको भुक्तानी समेतको काम सुरु हुन थालेको छ । नगरमा २ महिना सम्म प्रशासकिय अधिकृत नहुदाँ कामकाज प्रभावित वनेका थिए । प्रशासकिय अधिकृत नगरमा आएसँगै कामकाजले तिव्रता पाएको वताएको छ ।

नगरमा अझै प्रयाप्त कर्मचारि नभएको र सिमित कर्मचारिबाटै नागरिकका सेवाहरु सञ्चालनका लागि थोरै कर्मचारिहरुबाट धेरै जिम्मेवारि दिएर काम अघि वढाएको छ । साथै योजनाहरुको अनुगमनलाई समेत तिव्रता दिएको छ । सम्पन्न भएका योजनाहरुको अनुगमनको लागि दिन दिनै इन्जीनीय,प्राविधी र कर्मचारिको टोलिले अनुगमन गरिरहेको उप प्रमुख मञ्जु यरीले जानकारि दिनु भएको छ ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...