News Portal

प्रधानमन्त्री ओली भियतनाम जाँदा भैरहवाका यात्रु ५ घण्टा अलपत्र

हिमाली संचार संवाददाता
३५१ पटक

वैशाख २७, बुटवल : काठमाडौं जाने विमानमा चढिसकेका यात्रुलाई ओरालेपछि भैरहवाको गौतमबुद्ध विमानस्थलमा तनाव भएको छ । बिहान ९ः४५ बजेको सौर्य एयरलाइन्सको फ्लाइट ५ घण्टासम्म डिले (ढिलो) भएपछि यात्रु आक्रोशित भएका हुन् । सौर्य एयलाईन्सका कर्मचारीसंग यात्रुहरुले आक्रोश व्यक्त गर्दै झगडा समेत गरे । सो विमानबाट काठमाडौं जान ५० जनाले टिकट काटेका छन् ।

‘बिहान पौनै १० बजेको टिकट थियो, प्रधानमन्त्रीको विदेश भ्रमण भन्दै हामीलाइ विमानको ढोकैबाट ओरालियो’ नवलपरासीका सरोज केसीले अनलाइनखबरसंग भने । यात्रुको समयको कुनै महत्व नदिएको भन्दै विमानस्थलमा यात्रुहरुले बिरोध जनाएका हुन् ।

सौर्य एयरलाइन्सका अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनाम भ्रमणले आन्तरिक उडान प्रभावित भएको भन्दै यात्रुलाई सम्झाई बुझाई गरेका थिए । प्रधानमन्त्रीको भ्रमणले आकाशको यात्रासमेत रोकिनु निकै दुखद भएको यात्रुहरुको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...