News Portal

प्रधानमन्त्री ओली भियतनाम जाँदा भैरहवाका यात्रु ५ घण्टा अलपत्र

हिमाली संचार संवाददाता
३७५ पटक

वैशाख २७, बुटवल : काठमाडौं जाने विमानमा चढिसकेका यात्रुलाई ओरालेपछि भैरहवाको गौतमबुद्ध विमानस्थलमा तनाव भएको छ । बिहान ९ः४५ बजेको सौर्य एयरलाइन्सको फ्लाइट ५ घण्टासम्म डिले (ढिलो) भएपछि यात्रु आक्रोशित भएका हुन् । सौर्य एयलाईन्सका कर्मचारीसंग यात्रुहरुले आक्रोश व्यक्त गर्दै झगडा समेत गरे । सो विमानबाट काठमाडौं जान ५० जनाले टिकट काटेका छन् ।

‘बिहान पौनै १० बजेको टिकट थियो, प्रधानमन्त्रीको विदेश भ्रमण भन्दै हामीलाइ विमानको ढोकैबाट ओरालियो’ नवलपरासीका सरोज केसीले अनलाइनखबरसंग भने । यात्रुको समयको कुनै महत्व नदिएको भन्दै विमानस्थलमा यात्रुहरुले बिरोध जनाएका हुन् ।

सौर्य एयरलाइन्सका अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनाम भ्रमणले आन्तरिक उडान प्रभावित भएको भन्दै यात्रुलाई सम्झाई बुझाई गरेका थिए । प्रधानमन्त्रीको भ्रमणले आकाशको यात्रासमेत रोकिनु निकै दुखद भएको यात्रुहरुको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...