News Portal

जनताका कुँडिएका मन मिलाउन जागरण अभियान : कांग्रेस महामन्त्री खड्का

हिमाली संचार संवाददाता
४६० पटक

पोखरा : नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जनताका कुँडिएका मन मिलाउन कांग्रेसले देशव्यापी जागरण अभियान सञ्चालन गरेको बताएका छन् । हिमाल, पहाड, तराई, मधेश, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान गण्डकी प्रदेशको राजधानी पोखरामा शुभारम्भ गर्दै महामन्त्री खड्काले जागरण अभियान पश्चात् जनताले खोजेको पार्टी नेपाली कांग्रेस हुने दावी गरे ।

देशको सबै काममा १ नं. को पार्टी राजनीतिक हिसावले दोस्रो हुन नसक्ने भन्दै उनले कांग्रेसलाई बलियो पार्टी बनाउन नेता कार्यकर्ताले पार्टी भित्रको तिक्ततालाई थाती राखेर अभियानमा होमिन निर्देशन दिए । ‘पार्टी भित्र चित्त नबुझेका कुरा राख्ने ठाउँ धेरै छन् । पार्टीको १४ औं महाधिवेशन पनि नजिकिंदैछ । त्यहाँ गम्भीर र निर्मम छलफल हुन सक्छ । त्यसैले विवाद, तिक्तता, असन्तुष्टि, फरक मत लगायत सबै विषय थाती राखेर पार्टीको महाअभियानमा होमिऔं र बलियो कांग्रेस बनाउन लागौं’, नेता खड्काले भने ।
उनले अभियानले पार्टी भित्रको आन्तरिक समस्या न्यूनीकरण हुनुका साथै कार्यकर्ता र जनतामा उत्साह जगाउने दावी गरे ।

साथै जनताले खोजेको कांग्रेस बनाउन, विगतका कमजोरी सच्याउन, जनताका पिर कर्मा र गुनासा सुन्न जागरण अभियान महत्वपूर्ण हुने भन्दै यसमा सबै नेता कार्यकर्ता सक्रिय भएर लाग्नुपर्नेमा नेता खड्काले जोड दिए ।

नेता खड्काले जागरण अभियान ३ चरणमा देशव्यापी हुन लागेको समेत जानकारी दिए । पहिलो अभियान १ महिनाको ७७ वटै जिल्लामा हुने, दोस्रो अभियान ३ सय २० प्रदेश निर्वाचन क्षेत्रमा १५ दिन चल्ने र तेस्रो अभियान सबै स्थानीय तहमा १० दिन सञ्चालन गरिने उनले जानकारी दिए । उनले सरकारको अधिनायकवादलाई रोक्न समेते जागरण अभियान सफल हुने स्पष्ट पार्दैै २ तिहाईको दम्भमा सबै क्षेत्रमा हस्तक्षेप बढाएको बताए ।

उनले प्रधानमन्त्री ओलीले संसद र संसदीय अभ्यासलाई कमजोर बनाउन उद्दत भएको आरोप समेत लगाए । महामन्त्री खड्कालले कम्युनिस्ट सरकारको आलोचना जनता, बुद्धिजीवी वर्ग र व्यापारी वर्गले समेत विरोध गरेको बताए । अहिलेको अवस्थामा लोकतन्त्र र जनताको मुद्दा बोली दिने पार्टीका रुपमा कांग्रेसलाई लिने गरेको उनको भनाइ छ ।

उनले कांग्रेसले टिकट वितरण प्रक्रियामा कमजोरी गरेका कारण पराजयको अवस्था आएको स्पष्ट पारे । पार्टीलाई एकढिक्का बनाउनका लागि जागरण अभियान महत्वपूर्ण हुने उनले बताए । अभियानले नेता बलियो होइन कि कार्यकर्ता र पार्टी बलियो हुने गरी काम हुने नेता खड्काको भनाइ थियो ।

अर्को प्रसंगमा नेता खड्काले कांग्रेसले विश्वकै नमुना विधान बनाएकाले कार्यान्वयनमा सबै दवाव आवश्यक रहेको बताए । उनले विधानमा १/२ कुरा बाहेक सबै विषय नयाँ र फरक हुनुका साथै सबै पार्टी भन्दा पृथक रहेको स्पष्ट पारे ।

नेता खड्काले उम्मेदवार चयन तत स्थानीय पार्टी संयन्त्रले, समानुपातिक दुवै संसदका सांसद १ पटक भन्दा बढी बन्न नपाउने जस्ता महत्वपूर्ण विषय नयाँ विधानमा उल्लेख गरिएको बताए । उनले अभियानमार्फत सबै जनताले विश्वास गर्न लायक पार्टी बनाउन आवश्यक रहेको स्पष्ट पारे । नेता खड्काले अभियानसंगै सदस्यता विस्तार अभियान पनि संगसंगै सञ्चालन हुने जानकारी दिए ।

कांग्रेस केन्द्रीय सदस्य अर्जुन जोशीले वर्तमान सरकार संविधान विरोधी गतिविधिमा उद्दत रहेको बताए । लोकतन्त्र कम्युनिष्टले होइन कांग्रेसले जोगाउनुपर्ने समेत उनले स्पष्ट पारे । विगतमा भएका गल्ती सच्याएर जनता माझ जानु नै कांग्रेका लागि राम्रो हुने उनले बताए ।

कास्की कांग्रेसका सभापति कृष्ण केसीले जागरण अभियानले पाटीलाई एकढिक्का बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा कास्की कांग्रेसका उपाध्यक्ष आईबहादुर गुरुङ, सचिव सुदिपमोहन भट्टराई लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...