News Portal

“जय नेपाल” माथि प्रश्न उठाउँदै जंगिए कम्युनिस्ट सरकारका प्रवक्ता बाँस्कोटा

हिमाली संचार संवाददाता
४२० पटक

बैशाख २६, काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दा ‘मेरो सरकार’ भनेपछि आलोचना भइरहेका बेला कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका प्रवक्ताले ‘जय नेपाल’माथि प्रश्न उठाएका छन् ।

ओली सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु स्वभाविक भएको बताए ।

राष्ट्रपतिले ‘मेरो सरकार’भन्दा आलोचना गर्ने कांग्रेसलाई उनले प्रश्न गरे, ‘महेन्द्रले भन्न शुरू गरेको ‘जय नेपाल’ के गर्ने ?’ मेरो सरकारको बचाउ गर्न ओली सरकारका प्रवक्ताले जय नेपाल शब्दावलीमाथि प्रश्न उठाएका हुन् ।

बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बास्कोटाले भने, ‘शब्दशब्दमा जाने हो भने त जय नेपाल प्रहरीले पनि भन्छ, कांग्रेसले पनि भन्छ । २०१७ सालमा प्रजातन्त्र कू गरेपछि महेन्द्रले जय नेपाल भनेका थिए, के यो शब्द डिक्सनेरीबाट हटाउने ?

प्रधानमन्त्री ओलीले समेत संसदमा बोल्दै मेरो सरकार शब्दलाई जानीजानी नीति तथा कार्यक्रममा राखेको बताएका थिए ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...