News Portal

“जय नेपाल” माथि प्रश्न उठाउँदै जंगिए कम्युनिस्ट सरकारका प्रवक्ता बाँस्कोटा

हिमाली संचार संवाददाता
४७० पटक

बैशाख २६, काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दा ‘मेरो सरकार’ भनेपछि आलोचना भइरहेका बेला कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका प्रवक्ताले ‘जय नेपाल’माथि प्रश्न उठाएका छन् ।

ओली सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु स्वभाविक भएको बताए ।

राष्ट्रपतिले ‘मेरो सरकार’भन्दा आलोचना गर्ने कांग्रेसलाई उनले प्रश्न गरे, ‘महेन्द्रले भन्न शुरू गरेको ‘जय नेपाल’ के गर्ने ?’ मेरो सरकारको बचाउ गर्न ओली सरकारका प्रवक्ताले जय नेपाल शब्दावलीमाथि प्रश्न उठाएका हुन् ।

बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बास्कोटाले भने, ‘शब्दशब्दमा जाने हो भने त जय नेपाल प्रहरीले पनि भन्छ, कांग्रेसले पनि भन्छ । २०१७ सालमा प्रजातन्त्र कू गरेपछि महेन्द्रले जय नेपाल भनेका थिए, के यो शब्द डिक्सनेरीबाट हटाउने ?

प्रधानमन्त्री ओलीले समेत संसदमा बोल्दै मेरो सरकार शब्दलाई जानीजानी नीति तथा कार्यक्रममा राखेको बताएका थिए ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...