आज : २०२६-०६-०८, सोमबार

नियत

अन्जानयात्री विश्वप्रकाश

बिचारी मान्छे चाकरी होत छ घुसखोरी
अहो सरकारी नोकरी श्वत छ भ्रष्टाचारी

लुटेरा फिर्छन निर्धक्क हेरि परिन्छ छक्क
ब्याबहार मनपरि फ़ेरि लत छ कुबिचारी

केहि चाहिन्न रिसानी हेरि तक्छ निशानी
वरिपरि आछ घरीघरी जात छ सिकारी

मनै त छ कालो मुखमा रामराम जप्छन
स्वार्थी नियत सर्वपरि बात सदाचारी

दयाँ माया नासिन्न भेटिन्छन परोपकारी
सर्वस बेची दान सिरिखुरी हात छ मनकारी

आ-आफ्नो छ कर्म सारथि नै बुझ्द्छ त मर्म
यसैगरी मित्रता सधैंभरी अत छ हितकारी

लुक्छ बेइमानी त झुक्छ ज्ञानि र बुद्धिमानी
सोच हुन बेकामे चुरिफुरी सोत छ हृदयमा हरि।।

– बुङदिकाली गाउँपालिका ३ नवलपुर
हाल : परदेशबाट