News Portal

इतिहासमै यति डरपोक सभामुख देखेको थिएन : देउवा

हिमाली संचार संवाददाता
४३१ पटक

काठमाडौं, २६ वैशाख : प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले असंसदीय भाषा बोल्दा पनि सभामुख कृष्णबहादुर महराले नसुनेको जस्तो गरेर निरिह बनेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसले शुरू गरेको ‘हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियान’अन्तर्गत काठमाडौंमा बुधबार उद्घाटन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीको असंसदीय भाषाको कांग्रेसले तत्काल विरोध गरेको बताए ।

‘प्रधानमन्त्रीले असंसदीय भाषा बोल्नुभयो । सभामुखलाई डिलिट गर्नुस् भन्यौँ । मान्नु भएन’, देउवाले भने, ‘इतिहाँसकै निरीह सभामुख । यति डरपोक सभामुख देखेकै थिएन । धेरै सभामुख देखेको थिएँ ।’ उनले सभामुख महरा प्रधानमन्त्री ओलीसँग डराएको दाबी गरे । सभामुखले सत्ता पक्षलाई मात्रै साथ दिएका छन् । प्रतिपक्षलाई पेलिएको छ’, उनले भने, ‘प्रमुख प्रतिपक्षले उठाएका जायज कुरालाई पनि सुनिएन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेकोमा आक्रोश जनाएका सभापति देउवाले भने, ‘हाम्रो देशको संविधान र परम्पराले के भनेको छ त्यो गर्ने हो । अरु देशले के गरे भन्ने होइन । अरुको नक्कल गर्ने होइन ।’ राष्ट्रपति र प्रधानमन्त्रीले सडक बनाएको विषयमा दिएको तथ्याङ्कले जनतालाई गुमराहमा राखेको बताए ।

‘यी प्रधानमन्त्री जे पायो त्यो बोल्ने भए । सभामुख जे पनि गर्छन् । यही हो अधिनायकवाद भनेको’, कांग्रेसका सभापति देउवाले भने, ‘हाम्रो पार्टीले हरेक तानाशाहीको विरुद्धमा लड्दै आएको छ । यो तानाशाहलाई पनि मान्दैनौँ । आवश्यक पर्यो भने सडकबाट फाल्छौँ । उनले भने, ‘विगतमा तानाशाहहरूको हालत के भएको छ हेरे हुन्छ विगतलाई । कुनै पनि किसिमको तानाशाह कांग्रेसलाई मान्य छैन ।

‘राणा शासनलाई फालियो । राजा ज्ञानेन्द्रको शासन फालियो’, देउवाले आक्रोशित हुँदै भने, ‘यस्तै अवस्था रह्यो भने अहिलेको निरंकुश सरकारलाई जनताले फाल्न नपरोस् । नेपाली कांग्रेसले बुधबारदेखि ७७ वटै जिल्लामा जागर अभियान शुरू गरेको छ । अभियानमा प्रत्येक जिल्लामा केन्द्रबाट प्रतिनिधिहरू खटाइएको छ ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...