News Portal

दोलखामा जेहेन्दार विद्यार्थीले टुकीसमेत बाल्न नपाएपछि…

हिमाली संचार संवाददाता
५५५ पटक

चिरञ्जीवी मास्के
दोलखा, २५ बैशाख : दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ नेगल टोल, झण्डै ५० घरधुरी रहेको नेगलका सबैघरमा बिजुली बत्ति छ तर बिर्खबहादुर नेपालीको परिवार भने अध्यारोमा बस्दै आएका थिए । सुकुम्बासी बिर्खबहादुर आर्थिक अवस्था कम्जोर भएकै कारण अध्यारोमा बस्न बाध्य भएको बुझेपछि अहिले राजकुलेश्वर आधारभूत विद्यालय दोलखाले उनको घरमा बिजुलीको मीटर जडान गरिदिएर बिजुली बत्ति बाल्ने ब्यवस्था मिलाएकोे छ ।

राजकुलेश्वर आधारभूत माध्यामीक विद्यालयका प्रधानाध्यापक प्रकाश दहालका अनुसार बिर्खबहादुरका छोरा कक्षा ६ मा अध्यनरत सुरेश नेपाली विद्यालयका जेहेन्दार र जान्ने मध्यका विद्यार्थी हुन् । सधै गृहकार्य राम्रोसंग गरेर ल्याउने सुरेशले एक दिन गृहकार्य गरेनन् । उक्त दिन आफुले किन गृहकार्य नगरेको भनि सुरेशलाई सोध्दा मट्टीतेल नभएकोले टुकी बाल्न नपाएको कारण गृहकार्य गर्न नसकेको जवाफ दिएका थिए ।

अहिलेको जमानामा पनि मट्टीतेलले टुकी बाल्नु पर्ने बाध्यता र आफ्नो बिद्यालयको जान्ने तथा जेहेदार विद्यार्थीले बत्तिको समस्याकै कारण पढाईमा क्षति ब्यहोर्नु पर्ने सम्भावना देखेपछि विद्यालयले झण्डै २२ हजार रुपैया खर्च गरेर बिजुली बत्ति बाल्ने ब्यवस्था मिलाई दिएको राजकुलेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक प्रकाश दहाल बताउछन्। बिर्खबहादुरको आफ्नो नाममा जग्गा नभएकोले मीटर जडानको लागि उनको भाइको लालपूर्जा राखेको प्रधानाध्यापक दहालले बताए ।

बिर्खबहादुरको परिवारमा १२ बर्षको छोरा सुरेश र श्रीमती गरी ३ जना छन् । बिर्खबहादुर र श्रीमती दुबै निरक्षर हुन् । अरुको घरमा बनि गर्ने र गाँउघरमा सामान्य रुपमा सिलाईको काम गर्ने उनको परिवारलाई विहान बेलुकाको छाक टार्न समेत मुश्किल छ ।

अरुको बनि गरेको पैसाले विहान बेलुका खान समेत मुश्किल पर्छ, खेती किसान गर्न जमिन छैन अनि कसरी बिजुली बत्ति बाल्ने पैसा जोहो गर्न सक्छु र – बिर्खबहादुरले भने । आफ्नो दुःख देखेर विद्यालयले बिजुली बाल्ने ब्यवस्था गरिदिएको भन्दै उनले अब छोराको पढाईमा सजिलो हुने आशा गरेको बताए ।

राजकुलेश्वर आधारभूत विद्यालयका विद्यार्थी सुरेशले विजुली बत्ति जोडिदिएर विद्यालयले आफ्नो पढाईको लागि ठूलो सहयोग गरेको उल्लेख गर्दै अब नियमीत गृहकार्य गर्ने र राम्रोसंग पढेर आमा बुबालाई राम्रोसंग पालन पोषण गर्ने बताए ।

राजकुलेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक दहाल बिर्खबहादुरको परिवारले विजुलीको मासिक शूल्क समेत तिर्न सक्ने अवस्था नरहेकोले ६ महिनासम्म विद्यालयलेनै विजुली बाले बापतको मासिक शूल्क तिर्ने ब्यवस्था गरिदिएको र उसको परिवारको सहयोगको लागि दाताको खोजि समेत भैरहेको बताउछन् ।

प्रतिकृया दिनुहोस्

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...