News Portal

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर समाजवादी पार्टी घोषणा

हिमाली संचार संवाददाता
४४६ पटक

वैशाख २४, काठमाडौं : संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर समाजवादी पार्टी घोषणा भएको छ । एकीकृत पार्टीका नेताहरुले पहिलो मोर्चा सडक भएको बताएका छन् र संविधान संशोधन नभए कुनैपनि बेला सरकार छाडेर आन्दोलन जाने चेतावनी दिएका छन् ।

सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले फोरम र नयाँ शक्ति दुबै विघटन गर्ने सहमतिमा हस्ताक्षर गरे । यादवले भट्टराईलाई संघीय परिषदको अध्यक्ष घोषणा गरे भने भट्टराईले यादवलाई केन्द्रीय समितिको अध्यक्ष घोषणाा गरे ।

कार्यक्रममा एकीकृत पार्टीमा अशोक राई वरिष्ठ नेता, राजेन्द्र श्रेष्ठ सहअध्यक्षसहित २३ पदाधिकारी सार्वजनिक गरिएको छ भने दुई पदात्रिकारी पछि थपिने परिषदका अध्यक्ष भट्टराईले जानकारी दिए । ८ उपाध्यक्ष, महासचिव, सहमहासचिव तीन/तीन, चार सचिव र एक कोषाध्यक्ष छन् ।

कुनै पनि बेला सरकार छाड्न सक्छौं !

एकीकृत पार्टीमा उपेन्द्र यादव समूह केपी ओली नेतृत्वको सरकारमा छ भने भट्टराई समूह प्रमुख प्रतिपक्षमा छ । यसप्रति संकेत गर्दै डा. भट्टराईले भनेका छन्, ‘अबे के हुन्छ भन्ने साथीहरुलाई शंका छ । हामीले सहमति गरिसकेका छौं, जनताको अधिकार छोड्ने वाला छैनौं ।

पहिलो मोर्चा सडक, दोस्रो सदन भएको भन्दै भने, ‘कहिले काहिँ आवश्यक पर्दा सरकारको मोर्चा पनि हुनसक्छ । तर, यो भरपर्दो मोर्चा होइन । छिट्टै नै आन्दोलनको आँधीबेहरी ल्याउनुपर्ने हुनसक्ने भन्दै उनले अघि भने, ‘संविधान संशोधन गर्न सरकारले जुन आश्वासन दिएको छ, त्यो पुरा गर्दैन भने कुनै पनिबेला पार्टीले आवश्यक निर्णय गर्नेछौं ।

दुबै दलका नेताहरुका अनुसार संविधान संशोधन सहितका माग राखेर सरकारलाई अल्टिमेटम दिने र नभए सरकार छाड्ने सहमति भएको छ । बाबुराम र उपेन्द्र यादवबीच भएको यो सहमतिले केपी शर्मा ओली नेतृत्वको सरकार दबावमा परेको छ । किनकी यदि फोरमले सरकार छाडेमा सरकारको दुई तिहाई टुट्नेछ । यद्यपि नेकपासँग प्रष्ट बहुमत भने छ ।

ध्रुवीकरणका लागि आह्वान !

अध्यक्षद्वय भट्टराई र यादव दुबैले यो ध्रुवीकरणको सुरुवात भएको बताएका छन् । यादवले अब सानो सानो पसल थाल्न आवश्यक नभएको भन्दै एकतामा आउन राष्ट्रिय जनता पार्टीलाई आह्वान गरेका छन् ।

अर्का अध्यक्ष भट्टराईले नेकपा र कांग्रेस पार्टीमा निसास्सिएर बसेकाहरुलाई ध्रुवीकृत हुन आह्वान गरे । मक्किसकेको कांग्रेस र नेकपाको घर गर्ल्यागुर्लुम ढल्ने वाला छ’ आगामी चुनावमा पहिलो पार्टी बन्ने लक्ष्य सुनाउँदै उनले भने, त्यहाँ निसास्सिएर बस्नु भएका साथीहरु निस्कनुपर्छ ।

११ प्रदेशको माग !

समाजवादी पार्टीले संविधान संशोधन गरेर उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको सुझावअनुसार १०+१ प्रदेश बनाउनुपर्ने माग अघि सारेको छ । पार्टीका अध्यक्ष यादवले संविधान संशोधन गर्दा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने र स्थानीय तहलाई प्रदेशको मातहतमा ल्याउनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...