News Portal

  • नेपाल बैंकले अाफ्नाे जग्गामा भवन बनाउन नसक्ने तर भाडामा जाने घरमा लाखौं रुपैयाँ खर्च गर्ने सक्ने किन ?

    हिमाली संचार संवाददाता
    ३८४ पटक

    रबिन्द्र बराल
    मोरङ : नेपाल सरकारले सवै सरकारी कार्यालय सरकारी जग्गामा स्थापनागर्ने कार्य अघि वढाए पनी मोरङ रंगेलीमा रहेको नेपाल वैंक लिमिटेडले भने आफनो जग्गामा भवन नवनाएर अन्यत्र भाडामा सार्ने तयारी गरिरहेको छ । रंगेली नगरपालिका र नेपाल सरकारले पुुर्वाधार थप गरिरहेको अवस्थामा भने नेपाल वैंकले अाफ्नाेे जग्गामा भवन नबनाएर भाडामा जाने तयारी गरिरहेकाे छ ।

    रंगेली ७ मा रहेको नेपाल वैंक १० बर्षे द्वन्दकाल, मधेश आन्दोलनको क्रममा समेत बिस्थापित नभएता पनि अहिले अाएर अन्यत्र जाने भएकाे छ । बैकले साेहि भवन लाई मर्मत संभार नगरेर अन्यत्र जान लागेकाे स्थानीय बताउँछन् । हाल संन्चालनमा रहेको भवनमा मर्मतका नगरेर भाडामा मासिक ३९ हजार रुपैया तिरेर सर्न भएको छ । भने बैंकले साेही भवनमा डेकुरेसनका लागि २६ लाख रुपैयाँ रकम समेत छुट्टयाइए।

    चट्याङबाट बैंकमा रहेका कम्पुटर जस्ता इलाेक्ट्राेनिक समानहरुलाई सुरक्षीत राख्नका लागि लाइटिङ एरेस्ट राखिएको हुन्छ तर अाफ्नाे पुरानो भवनकाे लाइटिङ एरेस्ट खाेलेर नयाँ भवनमा लगेको समेत पाईएकाे छ । दुई महिना अगाडि कार्यलय प्रमुख राम भूषण सिंह हुदा उक्त पुरानो भवनबाट लाइटिङ एरेस्ट भाडा बाल घरमा जडान गरिएको उनलेे बताए । उनले भने पुरानो भवनमा बेकामे हुने भएकोले भाडामा जाने घरमा जडान गरिएको स्विकारेका छन ।

    उक्त लाइटिङ एरेस्ट अहिलेकाे वजार मूल्य ८० हजार रुपैयाँ बारबर पर्ने गरेको छ तर २६ लाख रुपैयाँमा डेकुरेसनका लागि बजेट छुट्याइएको भएता पनि किन पुरानै समान किन जडान गरियाे त ? नेपाल बैंकले भाडाकाे घरमा लाखौं रुपैयाँ खर्च गर्ने सकेता पनि अाफ्नै जग्गामा किन भवन बनाउन सक्दैन ? भाडा लिएको घरमा २ बर्ष वा ४ बर्ष बसेर पुनः अन्यत्र सरेमा २६ लाख रुपैयाँ बालुवामा पानी हाले सरि हुने देखिन्छ । बैंक अन्यत्र सार्दा व्ययभार थपिने रंगेली कार्यपालिका सदस्य महेश साहले वताए ।

    २०२४ सालदेखी १६ कठ्ठा रहेको वैंकले लिलामी गरेको भवनमा वैंक संचालन हुदै अाईरहेकाे छ। वैंकको कालिमन्दीर नजिक तिन कठ्ठा जग्गा रहेता पनि साे जग्गा प्रयोग बिहिन वनेकाे छ भने लामो समयदेखी सो जग्गा खालि अवस्थमा रहेको छ । सो जग्गमा वैंक स्थापनागर्दा वजारको समेत विकास हुुने र सटरहरु समेत भाडा लगाउदा त्यसवाट राम्रो बैंकलाई आम्दानी हुुने साहको भनाई छ । आफनो जग्गा छाडेर अन्यत्र भाडामा वैंक संचालनगर्दा सेवा प्रभामा समेत असरपर्ने कार्यपालिका सदस्य शंखर साहले बताए।

    पुुराना सरकारी संरचना मर्मत गर्नुुको साटो निजि भवनमा सार्दै जाने हो भने यसवाट वैंकलाई समेत व्ययभार थपिने भएकाले आफनै जग्गा सदुुपयोग गर्नुुपर्नेमा स्थानीय बताउँछन् । पुरानाे ठाउँबाट किन नयाँ ठाउँमा जादै हुनुहुन्छ भन्ने बिषयमा बुझन खाेज्दा कार्यलय प्रमुख सुमित कुमार साहले केही बाेल्न चाहेनन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २९ गतेको राशिफल

    आज भदौ २९, २०८२ (सेप्टेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...