News Portal

परम्परागत शैलीमा काम गरे संघीयताले सार्थकता नपाउने : नेता शाही

हिमाली संचार संवाददाता
४१८ पटक

सुर्खेत : नेपाली काँग्रेसका केन्द्रिय सदस्य जीवनबहादुर शाहीले परम्परागत शैलीमा काम गरे संघीयताले सार्थकता पाउन नसक्ने बताएका छन् । नयाँ सोचले काम गरी जनतालाई सेवा प्रवाह गर्न सके संघीयताको सार्थकता हुने बताए । सोमबार वीरेन्द्रनगरमा भएको नेपाल सार्वजनिक सेवा कर्मचारी संघ कर्णाली प्रदेशको समन्वयमा दुइदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

प्रदेश सभा सदस्य एवं प्रतिपक्ष दलको नेता समेत रहेका शाहीले संघीयतालाई कार्यन्वयन गर्ने क्रममा सबै भन्दा बढी महत्वपूर्ण भूमिका कर्मचारीहरुको हुने उल्लेख गरे । अवका दिनमा प्रजातान्त्रिक मूलमन्त्र बोक्नेहरुले सहज र सरल तरिकाले सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले विभिन्न क्षेत्रहरुको कानून निर्माण गर्न लागेको उल्लेख गर्दै ट्रेड यूनियनहरुले पनि ध्यान दिनु पर्ने उनको भनाई छ ।

कर्णालीको विकास र समृद्धिका लागि यहाँको ‘स्याउ, च्याउ र झ्याउ’ विक्रि गरे मात्र अन्य प्रदेश भन्दा चाँडै धनी हुने उल्लेख गरे । नेता शाहीले कर्णालीको जल, जमिन र जडीवुटीलाई सही सदुपयोग गर्न सक्नुपर्ने बताए ।

कार्यक्रममा ट्रेड यूनियनका केन्द्रीय उपाध्याक्ष राधीका कुइकेलले सरकारले पोल पोलमा सरकार छ भनेर जनतालाई हसाएको भन्दै योगदानमा आधारित सामाजिक सुरक्षाको अवस्था खोज्नु बताईन् । कर्मचारीहरुलाई समायोजनको नाममा हाउगुजीको रुपमा त्रसित बनाएको भन्दै आफू अनुकुलका कर्मचारीहरुलाई व्यवस्थापन गरेको समेत आरोप लगाईन् ।

नेपाल सार्वजनिक सेवा कर्मचारी संघका कार्यवाहाक अध्यक्ष सुनील दत्त मिश्रले सार्वजनिक सेवाका क्षेत्रहरुमा काम गर्नेहरुका लागि प्रदेश कानून निर्माण गर्न लागेको उल्लेख गरे । सम्बन्धित सरोकारवालाहरु सँग आवश्यक छलफल गरेर प्रादेशिक कानून निर्माण गर्ने उनले बताए। कर्मचारीहरुको सेवा प्रदान गर्ने परम्परागत सोचाईलाई परिवर्तन गराउन आफूले गोष्ठि आयोजना गरेको बताए ।

कार्यक्रममा सञ्चार, खेलकुद, स्वास्थ्य, दुरसञ्चार, कृषि सामाग्री, खाद्य संस्थान, विद्युत लगायतका नेपाली काँग्रेसमा आस्था राख्ने कर्मचारी सहभागि रहेको कार्यक्रम भानुभक्त खड्काको सभापतित्वमा भएको हो ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...