News Portal

दलितका पीडा : मैले छाेएकाे पानी चल्दैन, धारा छोएमा गाली खानुपर्छ !

हिमाली संचार संवाददाता
५२१ पटक

नहकुल जोशी
बाजुरा : गायक यश कुमारले गाएकाे गीत मैले छाेएकाे पानी चल्दैन ….निकै हिट भयाे । गीतका विषयमा विभिन्न टिका टिप्पणी पनि भयाे । जे हाेस् उनकाे गीत समाजकाे एउटा बिम्ब थियाे । तत्कालिन समाजकाे दलित र गैर दलितकाे विभेदलाइ उक्त गीतमा प्रस्तुत गरेका थिए । यस कुमारकाे गीत पुरानाे भैसक्याे तर, हाम्राे समाजमा जातका नाममा हुने विभेदकाे बाछिटा अझै बाँकी छ । बाजुराकाे अधिकांश गाउँमा अहिले पनि समस्या उस्तै छ ।

बाजुराका अधिकांस गाउँमा पिउने पानीका धारा जात अनुसार अलग अलग बनाइएका छन । पानीको मुहान एउटै भए पनि दलित र अन्य जातका लागि छुट्टा छुटटै धारा रहेका निर्माण गरिएको छ । बाजुराको छेडेदह गाँउपालिका २ पिपल गाँउमा एउटै गाँउमा बसोवास गर्नेका फरक जातका भएकै कारण फरक धाराको पानी प्रयोग गर्न वाध्य छन् ।

गाँउमा कुँवर, थापा, कुमाल र लुवार जाति बसोवास गर्दै आएका छन् । कुँवर, थापा क्षेत्री कथित उपल्लो जातीका मानिन्छन् भने कुमाल र लुवार दलित भनिन्छन् । थापा र कुँवर जातिको लागि एउटा धारा छ भने कुमाल र लुवारका लागि अर्कै धारा छ ।

मुहान एउटै भएपनि आफुहरु दलित भएकाले धारा फरक भएको जोगी कुमालले बताए । ‘थापा र कुवर जातिले आफुहरुले छोएको धाराको पानी नखाने भएकाले धारा अलग निर्माण गरेका हौ’ जोगीले भने । त्यति मात्र नभई धारा छोएमा गालि खानु पर्ने र हप्कि समेत खेप्नु परेको दलित समुदायको भनाई छ ।

गाँउमा सबै मिलाएर ४० परीवार बसोवास गर्दै आएका छन् । ति मध्ये १२ परिवार दलित समुदायका छन् । कहिले काही धारामा वालवालिकाले छोएमा समेत गालि खानु परेको स्थानिय तारा कुमालले बताइन्।दलित जातिले क्षेत्री जातिको धारामा पानी भर्ने, नुहाउने देखी लिएर छुन समेत पाउदैनन् । ‘यदि छोइछिटो भएमा गाली खानुपर्छ’ रुदे्र लुवारले भने ‘हामीहरु पुर्खौ देखीनै जातिय उत्पिडनमा पर्दै आएका छौ ।’

सार्वजनिक स्थल धारा, पाटि, पौवा, भोज, भतेरमा समेत दलितहरुले अपहेलित बन्नु परेको रुदे्र लुवारको भनाई छ । थापा जातिका अगुवा सुरत थापाले भने धाराहरु अलग भएपनि आफुहरुले त्यस्तो भेदभाब नगरेको दाबि गरे । बुढापाकाहरुले छुवाछुत मानेपनि आफुहरुले भने त्यस्तो केही नगरेको थापाको भनाई छ ।

धारा छोएमा गाली खानुपर्छ !

बुढिगंगा ९ बासुरेमा पनि एउटै मुहान भएपनि धारा भने फरक रहेका छन् । दलित जातिको एउटा धारा र क्षेत्रि जातिको एउटा धारा रहेको छ । माथिल्लो जातिको धारा छोएमा गाली खानु पर्ने स्थानिय गोपा सुनारले बताए । त्यस्तै कुल्देबमाण्डौको माल्ता, जयबागेश्वरीको ग्रान्जा, काँडाको गोठपाडा, जुकोट, वाई लगायतका दर्जनौ गाँउमा जातै पच्छिे धारा रहेका दलित अधिकार कर्मी प्रेम विकले वताएका छन् ।

कुल्देवमाण्डौको सारेदेउमा चार बर्ष जिल्ला विकास समिति र गाबिस बाट धारा निर्माण भएका थियो । त्यो गाँउमा एउटै मुहान भएपनि छाउपडिको अलगै, दलितको अलगै र क्षेत्रि जातिहरुको अलगै धारा निर्माण सरकारी बजेट बाटै भएको थियो । पानी छुईने परम्परागत मान्यताले अलगै धारा निर्माण भएको स्थानिय मनदेवी पाध्याले वताईन् ।

समाजमा अझै पनि दलित जातिले छुएको पानी, खाना र घर भित्र बस्न नदिने रुढिवादी परम्परा रहि आएको छ । जिल्लाभरीनै अघिल्लो पुस्ताका ब्यक्तिहरुमा छुवाछुतले जरा गाड्दै आएको दलित अगुवा काशि बिकले बताएका छन् । जिल्लामा जातिय छुवाछुतको विरुद्धमा सरकारी तथा गैर सरकारी संस्थाहरुले वकालत गर्दै आएपनि परीवर्तन भने आउन सकेको छैन् । नेपाल सरकारले पनि जातिय भेदभाव तथा छुवाछुत (कसुर र सयाय) ऐन २०६८ लागु गरेको छ ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...