News Portal

किन चुनावमा उत्रिए मोदीविरुद्ध फौजी तेजबहादुर ?

हिमाली संचार संवाददाता
४७९ पटक

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बाराणसीमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । त्यसको एक दिनअघि उनले बनारसमा सात किलोमिटर लामो रोड शो गरेका थिए । बनारसमा मोदीलाई कांग्रेसका अजय राय र सपा-बासपा गठबन्धनका शालिनी यादवले चुनौती दिनेछन् ।

प्रधानमन्त्री मोदीले आफ्नो भाषणमा राष्ट्रवाद, देशभक्ति र सेनाको जिकिर गर्न छाड्दैनन् । उनी आफूले सेनालाई बलियो बनाएको दाबी गर्छन् । सेनालाई स्वतन्त्र छाड्दा सर्जिकल स्ट्राइक र एयर स्ट्राइक गर्न सफल भएको बताउँछन् ।

तर बनारसको चुनावी संघर्षमा मोदीलाई चुनौती दिन एक पूर्व फौजी पनि चुनावी मैदानमा उत्रिएका छन् ।
उनको नाम हो तेजबहादुर यादव । यो नाम दुई वर्षअघि निकै चर्चामा आएको थियो, जब उनले सुरक्षाकर्मीलाई दिइने खानाको गुणस्तरबारे प्रश्न उठाएको भिडियो भाइरल भयो । सेनाले यसबारे छानविन गर्दै तेजबहादुरलाई बीएसएफबाट निकालेको थियो ।

हरियाणामा बस्ने तेजबहादुर फौजमाथि राजनीति गर्नेहरुलाई हराउन चुनावी मैदानमा उत्रिएको बताउँछन् । म काशी विश्वनाथको आर्दिवादबाट नक्कली चौकीदारलाई हराउन चाहन्छु । जो मानिस फौजमाथि राजनीति गर्न चाहन्छन्, उनीहरुलाई माथ दिन चाहन्छु । उनीहरुले फौजलाई बदनाम गरेको छ, जवानलाई कमजार बनाएको छ ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...