News Portal

किन चुनावमा उत्रिए मोदीविरुद्ध फौजी तेजबहादुर ?

हिमाली संचार संवाददाता
४२८ पटक

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बाराणसीमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । त्यसको एक दिनअघि उनले बनारसमा सात किलोमिटर लामो रोड शो गरेका थिए । बनारसमा मोदीलाई कांग्रेसका अजय राय र सपा-बासपा गठबन्धनका शालिनी यादवले चुनौती दिनेछन् ।

प्रधानमन्त्री मोदीले आफ्नो भाषणमा राष्ट्रवाद, देशभक्ति र सेनाको जिकिर गर्न छाड्दैनन् । उनी आफूले सेनालाई बलियो बनाएको दाबी गर्छन् । सेनालाई स्वतन्त्र छाड्दा सर्जिकल स्ट्राइक र एयर स्ट्राइक गर्न सफल भएको बताउँछन् ।

तर बनारसको चुनावी संघर्षमा मोदीलाई चुनौती दिन एक पूर्व फौजी पनि चुनावी मैदानमा उत्रिएका छन् ।
उनको नाम हो तेजबहादुर यादव । यो नाम दुई वर्षअघि निकै चर्चामा आएको थियो, जब उनले सुरक्षाकर्मीलाई दिइने खानाको गुणस्तरबारे प्रश्न उठाएको भिडियो भाइरल भयो । सेनाले यसबारे छानविन गर्दै तेजबहादुरलाई बीएसएफबाट निकालेको थियो ।

हरियाणामा बस्ने तेजबहादुर फौजमाथि राजनीति गर्नेहरुलाई हराउन चुनावी मैदानमा उत्रिएको बताउँछन् । म काशी विश्वनाथको आर्दिवादबाट नक्कली चौकीदारलाई हराउन चाहन्छु । जो मानिस फौजमाथि राजनीति गर्न चाहन्छन्, उनीहरुलाई माथ दिन चाहन्छु । उनीहरुले फौजलाई बदनाम गरेको छ, जवानलाई कमजार बनाएको छ ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...