News Portal

मुगुमा ४ महिनादेखि सडक बन्द, स्थानीयलाई सास्ती !

हिमाली संचार संवाददाता
४४७ पटक

मुगु, १४ बैशाख : जिल्लाकाे खत्याड गाउँपालिका जोडने कालाकाँडा गम्था सडक चार महिनादेखि बन्द रहेको छ। पुस महिनादेखि फागुनसम्म हिमपातले सडक बन्द भएको र चैतदेखि यता जुम्ला कनकासुन्दरी गाउँस्थित लुम र बुडु गाउँका स्थानीयले अवरोध गरेपछि लामो समयसम्म सडक बन्द भएको हो। ४ महिनादेखि सडक बन्द हुँदा खत्याड गाउँपालिकाको जनजीवननिकै प्रभावित बनेको छ।

जुम्ला कनकासुन्दी गाउँपालिकाका लुम र बुडु गाउँका स्थानीयले खोलापारिबाट सडक लैजानु पर्ने पुरानो सडक संचालन गर्दा खेतीयोग्य जग्गा जमिन क्षति भएको भन्दै सडकमा पर्खाल चिनेर अवरोध गरेका छन। जुम्ला गोठिज्यूलादेखि कालाकाँडा हुँदै गम्था जोड्ने मुख्य सडक मार्ग बन्द हुँदा स्थानीयलाई समान ढुवानी गर्न आउजाउ गर्न सास्ती भएको छ।

सुर्खेत नेपालगञ्जदेखि ढुवानी भई आएको करोडौं मुल्यको ब्यापारीको समान दैनिक उपभोग्य वस्तु विकास निर्माणका समाग्री जुम्लागोठिज्यूला बजारमा अलपत्र परेको छ। समान थन्किएको करिव चार महिना पुग्न लाग्दा दैनिक उपभोग्य वस्तुको म्याद सकिने अवस्था आएपछि ब्यापारी चिन्तित भएका छन भने  अर्कोतिर किनेर ल्याएको समान बिक्री नभई थन्किँदा खरिद मुख्य उठाउन मुस्किल भएको छ।

उपभोग्य सामानाको हाहाकार !

सडक बन्द भएपछि खत्याड गाउँपालिकास्थित गम्थाबजार क्षेत्रका पसलमा दैनिक उपभोग्य वस्तु चिनी, दाल, चामल, मैदा, तेलको हाहाकार मच्चिएको छ। गाउँ बस्तीबाट तेल, चिनी, मैदा, बिस्कुट जुत्ताचप्पल किन्न बजारतिर झरेका स्थानीय बेलुका रित्तै फर्किन थालेका छन।

खत्याड गाउँपालिकाका पसलमा समान पाउन मुस्किल हुन थालेपछि स्थानीय कर्णाली पारी बाजुरा बोल्टिक पुग्नथालेका छन पसलमा भएको समान पनि ब्यापारीले ७५ प्रतिशत महँगोमा बेच्दा उपभोक्ता मर्कामा परेका छन।

सडक नखुल्दा मेरो करिव डेढ करोडको समान गोठिज्यूला बजारमाअलपत्र परेको खत्याड गम्थाका ब्यापारी लोकराज दाहालको भनाई छ। सडक खुलाउन नागरिक समाज प्रशासन उद्योग बाणिज्य संघले पहल गर्न उनले आग्रह गरे।

सामान किन्न बाजुरा !

खत्याडगाउँ पालिकाका साना खुद्रा ब्यापारीहरू बाजुराको कोल्टी पुगेर समान ल्याएर महँगोमा बेच्ने गरेका छन। विकास निर्माणका समान सिमेन्ट पाइप फलामे रड ढुवानी गर्न बाधा हुँदा गाउँ पालिकाको विकास निर्माणमा बाधापुगेको छ।

लामो समयसम्म सडक बन्दले खत्याड गाउँपालिकामा ठूलो संकट उत्पन्न भएको वडान २ का वडाअध्यक्ष लालबहादुर मल्लको भनाई छ। एक पोका तेल र एक एक केजी चिनी समेत पाउन नसक्ने अवस्था उत्पन्न भएको उनले बताए।

औषधिको अभाव !

सडक बन्दभएपछि  सीमित दैनिक उपभोग्य समानमात्र नभएर बिरामीलाई उपचार गर्ने औषधिको समेत अभाव भएको छ। अबरुद्ध सडक खुलाउन खत्याड गाउँपालिकाका जनप्रतिनिधिले लुम र बुडु गाउँका स्थानीय र कनका सुन्दरी गाउँपालिकाका जनप्रतिनिधि सँग आग्रह गरे पनि वास्ता नगर्दा अप्ठेरो भएको छ।

खत्याड गाउँपालिकाका अध्यक्ष उब्जन शाही तिनचार पटक गोठिज्यूला पुगेर सडक खुलाउन कदम चाले पनि स्थानीयले सुनाई नगर्दा कार्यान्वयन हुन सकेको छैन। सडक खुलाउन जोडदार रुपमा पहल गरे पनि लुम र बुडु गाउँका स्थानीयले सुनुवाइ नै नगर्दा कठिन भएको अध्यक्ष शाहीले जानकारी दिए।

सडक खुलाउन दुई जिल्लाको वार्ता !

अबरुद्ध सडक खुलाउन मुगु र जुम्लाका सरोकारावाला निकायको वार्ता हुने भएको छ। बैशाख १५ गते कन्कासुन्दरी गाउँपालिकाले सडकका विषयमा सार्वजानिक सुनुवाई गर्ने छ भने १६  सडक खुलाउने विषयमा वार्ता सम्बाद गरिने जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताइन।

उनका अनुसार सडक खुलाउन दुई जिल्लाबीच सहमति गररे जोड्तोडका साथ लागि सडक खुलाउनेतर्फ लागी पर्ने बन्जाडेको भनाई छ। (थाहाखबर)

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...