News Portal

  • मुगुमा ४ महिनादेखि सडक बन्द, स्थानीयलाई सास्ती !

    हिमाली संचार संवाददाता
    ३४८ पटक

    मुगु, १४ बैशाख : जिल्लाकाे खत्याड गाउँपालिका जोडने कालाकाँडा गम्था सडक चार महिनादेखि बन्द रहेको छ। पुस महिनादेखि फागुनसम्म हिमपातले सडक बन्द भएको र चैतदेखि यता जुम्ला कनकासुन्दरी गाउँस्थित लुम र बुडु गाउँका स्थानीयले अवरोध गरेपछि लामो समयसम्म सडक बन्द भएको हो। ४ महिनादेखि सडक बन्द हुँदा खत्याड गाउँपालिकाको जनजीवननिकै प्रभावित बनेको छ।

    जुम्ला कनकासुन्दी गाउँपालिकाका लुम र बुडु गाउँका स्थानीयले खोलापारिबाट सडक लैजानु पर्ने पुरानो सडक संचालन गर्दा खेतीयोग्य जग्गा जमिन क्षति भएको भन्दै सडकमा पर्खाल चिनेर अवरोध गरेका छन। जुम्ला गोठिज्यूलादेखि कालाकाँडा हुँदै गम्था जोड्ने मुख्य सडक मार्ग बन्द हुँदा स्थानीयलाई समान ढुवानी गर्न आउजाउ गर्न सास्ती भएको छ।

    सुर्खेत नेपालगञ्जदेखि ढुवानी भई आएको करोडौं मुल्यको ब्यापारीको समान दैनिक उपभोग्य वस्तु विकास निर्माणका समाग्री जुम्लागोठिज्यूला बजारमा अलपत्र परेको छ। समान थन्किएको करिव चार महिना पुग्न लाग्दा दैनिक उपभोग्य वस्तुको म्याद सकिने अवस्था आएपछि ब्यापारी चिन्तित भएका छन भने  अर्कोतिर किनेर ल्याएको समान बिक्री नभई थन्किँदा खरिद मुख्य उठाउन मुस्किल भएको छ।

    उपभोग्य सामानाको हाहाकार !

    सडक बन्द भएपछि खत्याड गाउँपालिकास्थित गम्थाबजार क्षेत्रका पसलमा दैनिक उपभोग्य वस्तु चिनी, दाल, चामल, मैदा, तेलको हाहाकार मच्चिएको छ। गाउँ बस्तीबाट तेल, चिनी, मैदा, बिस्कुट जुत्ताचप्पल किन्न बजारतिर झरेका स्थानीय बेलुका रित्तै फर्किन थालेका छन।

    खत्याड गाउँपालिकाका पसलमा समान पाउन मुस्किल हुन थालेपछि स्थानीय कर्णाली पारी बाजुरा बोल्टिक पुग्नथालेका छन पसलमा भएको समान पनि ब्यापारीले ७५ प्रतिशत महँगोमा बेच्दा उपभोक्ता मर्कामा परेका छन।

    सडक नखुल्दा मेरो करिव डेढ करोडको समान गोठिज्यूला बजारमाअलपत्र परेको खत्याड गम्थाका ब्यापारी लोकराज दाहालको भनाई छ। सडक खुलाउन नागरिक समाज प्रशासन उद्योग बाणिज्य संघले पहल गर्न उनले आग्रह गरे।

    सामान किन्न बाजुरा !

    खत्याडगाउँ पालिकाका साना खुद्रा ब्यापारीहरू बाजुराको कोल्टी पुगेर समान ल्याएर महँगोमा बेच्ने गरेका छन। विकास निर्माणका समान सिमेन्ट पाइप फलामे रड ढुवानी गर्न बाधा हुँदा गाउँ पालिकाको विकास निर्माणमा बाधापुगेको छ।

    लामो समयसम्म सडक बन्दले खत्याड गाउँपालिकामा ठूलो संकट उत्पन्न भएको वडान २ का वडाअध्यक्ष लालबहादुर मल्लको भनाई छ। एक पोका तेल र एक एक केजी चिनी समेत पाउन नसक्ने अवस्था उत्पन्न भएको उनले बताए।

    औषधिको अभाव !

    सडक बन्दभएपछि  सीमित दैनिक उपभोग्य समानमात्र नभएर बिरामीलाई उपचार गर्ने औषधिको समेत अभाव भएको छ। अबरुद्ध सडक खुलाउन खत्याड गाउँपालिकाका जनप्रतिनिधिले लुम र बुडु गाउँका स्थानीय र कनका सुन्दरी गाउँपालिकाका जनप्रतिनिधि सँग आग्रह गरे पनि वास्ता नगर्दा अप्ठेरो भएको छ।

    खत्याड गाउँपालिकाका अध्यक्ष उब्जन शाही तिनचार पटक गोठिज्यूला पुगेर सडक खुलाउन कदम चाले पनि स्थानीयले सुनाई नगर्दा कार्यान्वयन हुन सकेको छैन। सडक खुलाउन जोडदार रुपमा पहल गरे पनि लुम र बुडु गाउँका स्थानीयले सुनुवाइ नै नगर्दा कठिन भएको अध्यक्ष शाहीले जानकारी दिए।

    सडक खुलाउन दुई जिल्लाको वार्ता !

    अबरुद्ध सडक खुलाउन मुगु र जुम्लाका सरोकारावाला निकायको वार्ता हुने भएको छ। बैशाख १५ गते कन्कासुन्दरी गाउँपालिकाले सडकका विषयमा सार्वजानिक सुनुवाई गर्ने छ भने १६  सडक खुलाउने विषयमा वार्ता सम्बाद गरिने जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताइन।

    उनका अनुसार सडक खुलाउन दुई जिल्लाबीच सहमति गररे जोड्तोडका साथ लागि सडक खुलाउनेतर्फ लागी पर्ने बन्जाडेको भनाई छ। (थाहाखबर)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कोशीका वनमन्त्री मण्डलको स्पष्टोक्ति : ‘खाँदै नखाएको विषले जिउँदै मार्‍यो’, घुस प्रकरणको खण्डन गर्दै प्रमाण ल्याउन चुनौती

    विराटनगर, साउन ११ – कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले घुस मागेको आरोपलाई...

    अधिनायकवादको कुरा गर्नेहरूले इतिहास बिर्सिएजस्तो लाग्छ : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन ११ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिवेशलाई अधिनायकवादको संज्ञा दिनेलाई विगतका...

    विद्या भण्डारीको सक्रियता र अध्यक्ष पदप्रतिको आकांक्षापछि एमालेको निर्णयः अध्यक्ष ओलीको प्रष्ट भनाइ

    काठमाडौं, साउन ११ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्ष पदमा चासो देखाएपछि पार्टीभित्र हलचल...

    एमाले ललितपुर अध्यक्ष आचार्य मानव तस्करी प्रकरणमा मुछिए, सिआईबीको अनुसन्धान सुरु

    काठमाडौं, साउन ११ – नेकपा एमाले ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्य गम्भीर मानव तस्करीको...

    चितवनमा लोडसेडिङ होइन, मर्मत कार्यका कारण अस्थायी विद्युत् अवरोध : प्राधिकरण

    काठमाडौं, साउन ११ – चितवन जिल्लामा लोडसेडिङ सुरु भएको भन्ने चर्चाबारे नेपाल विद्युत् प्राधिकरणका कार्यकारी...