News Portal

सल्यानको त्रिभुवन जनता माविमा बाली विज्ञान विषयमा पढाइ सुरु

हिमाली संचार संवाददाता
५१९ पटक
दुर्गा बिसि, सल्लिबजार

सल्यानको पश्चिम क्षेत्रमा रहेको त्रिभुवन जनता मावि बनगाड कुपिण्डे नगरपालिका-५ शंखपिपल च्युरामा यसै शैक्षिक सत्र देखि वालिविज्ञान विषय पढाई हुने भएको छ । कक्षा ९ देखि १२ सम्म पढाई हुने प्राविधीक धार तर्फको बाली विज्ञान विषयमा सुरुको वर्ष कक्षा ९ को भर्नाको लागि विद्यालयले आवश्यक विद्यार्थी प्रवेश परिक्षा लिएर छनौट गर्ने जनाएको छ ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयबाट कक्षा सञ्चालनको लागि अनुमति पाए पछि आवश्यक तयारिका लागि आज विद्यालयले सरोकारवालासँग छलफल तथा परामर्श बैठक आयोजना गरेको छ । साथै यसै शैक्षिक सत्र देखि साधारण तर्फको कक्षा ९, १० मा ऐच्छिक द्धितीय विषय अन्तर्गत कम्प्युटर शिक्षाको पढाई समेत सञ्चालन गर्ने भएको छ ।

यस अघी कक्षा ६,७ र ८ मा कम्प्युटर विषय पढाई हुदै आएकोमा यस वर्ष देखि कक्षा ९ मा समेत कम्प्युटर विषयको अध्यापन गर्न लागिएको हो । पश्चिम बनगाड क्षेत्रकै प्राविधीक धार तर्फको कक्षा सञ्चालन गर्ने उक्त विद्यालय पहिलो वनेको छ । प्राविधीक धार तर्फको भर्नाका लागि विद्यालयले प्रचारप्रसार र घरदैलो कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...