News Portal

सल्यानको त्रिभुवन जनता माविमा बाली विज्ञान विषयमा पढाइ सुरु

हिमाली संचार संवाददाता
४६९ पटक
दुर्गा बिसि, सल्लिबजार

सल्यानको पश्चिम क्षेत्रमा रहेको त्रिभुवन जनता मावि बनगाड कुपिण्डे नगरपालिका-५ शंखपिपल च्युरामा यसै शैक्षिक सत्र देखि वालिविज्ञान विषय पढाई हुने भएको छ । कक्षा ९ देखि १२ सम्म पढाई हुने प्राविधीक धार तर्फको बाली विज्ञान विषयमा सुरुको वर्ष कक्षा ९ को भर्नाको लागि विद्यालयले आवश्यक विद्यार्थी प्रवेश परिक्षा लिएर छनौट गर्ने जनाएको छ ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयबाट कक्षा सञ्चालनको लागि अनुमति पाए पछि आवश्यक तयारिका लागि आज विद्यालयले सरोकारवालासँग छलफल तथा परामर्श बैठक आयोजना गरेको छ । साथै यसै शैक्षिक सत्र देखि साधारण तर्फको कक्षा ९, १० मा ऐच्छिक द्धितीय विषय अन्तर्गत कम्प्युटर शिक्षाको पढाई समेत सञ्चालन गर्ने भएको छ ।

यस अघी कक्षा ६,७ र ८ मा कम्प्युटर विषय पढाई हुदै आएकोमा यस वर्ष देखि कक्षा ९ मा समेत कम्प्युटर विषयको अध्यापन गर्न लागिएको हो । पश्चिम बनगाड क्षेत्रकै प्राविधीक धार तर्फको कक्षा सञ्चालन गर्ने उक्त विद्यालय पहिलो वनेको छ । प्राविधीक धार तर्फको भर्नाका लागि विद्यालयले प्रचारप्रसार र घरदैलो कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...