News Portal

  • मोरङमा बोक्सीको आरोपमा वृद्ध दम्पत्तिमाथि निर्घात कुटपिट

    हिमाली संचार संवाददाता
    ३११ पटक

    किशोर बुढाथोकी
    विराटनगर, १२ बैशाख : मोरङको सुन्दरहरैंचा नगरपालिका–११ मा बोक्सा बोक्सीको आरोपमा एक वृद्ध दम्पत्तिमाथि निर्घात कुटपिट भएको छ। बोक्सा बोक्सीको आरोपमा ६० वर्षे वृद्ध र बोक्सीको आरोपमा उनकी श्रीमतीमाथि एउटै परिवारका चार सदस्यले निर्घात कुटपिट गरेका छन्।

    लाट्ठी, लात र मुड्कीले निर्घात कुटपिट गर्दा दुबै जना घाइते भएका छन्। घटनापछि दुबैलाई उपचारका लागि नोबेल अस्पताल बेलबारीमा भर्ना गरिएको थियो। तर, नोबेलमा उपचार सम्भव नभएपछि श्रीमतीलाई विराटनगरको कोसी अस्पताल ल्याएर थप उपचार सुरु गरिएको छ।

    उक्त दम्पत्ति घरमा एक्लै बस्दै आएको थियो। प्रहरीका अनुसार आक्रमणबाट घाइते भएकी वृद्धा मानसिक रुपमा पनि विक्षिप्त बनेकी छन्। वृद्ध–वृद्धामाथि सुन्दरहरैंचा–११ धाती टोल बस्ने ६३ वर्षे टुनका खवास, ३५ वर्षे श्यामलाल खवास, ३१ वर्षे रामकुमार खवास र ३० वर्षे शशिकला खवासले सामूहिक रुपमा आक्रमण गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए।

    प्रहरीका अनुसार श्यामलाल र रामकुमार टुनकाका छोरा हुन्। शशिकला टुनकाकी बुहारी र श्यामलालकी श्रीमती हुन्। उनी गाउँ घरमा धामी झाक्रीको काम गर्ने महिला पनि भएको जानकारी प्रहरीले दिएको छ। घटनाका पीडित र पीडकको घर लगभग तीन सय मिटर वरपर रहेको प्रहरीको भनाइ छ।

    प्रहरीका अनुसार घरमा परिवारका सदस्य पालैपालो बिरामी भइरहने भएपछि झरफुकका लागि भन्दै टुनकाको घरमा उनकै बुहारी शशिकला धामी (चिन्ता) बसेकी थिइन। चिन्ता बस्ने क्रममा शशिकलाले वृद्ध दम्पत्ति बोक्सा बोक्सी रहेको बताएपछि परिवारका सबै सदस्य धुरिएर बुधबार विहान साढे १ बजे आक्रमण गरेको एसपी केसीको भनाइ छ।

    परिवारका चारै सदस्य मिलेर घरमै पुगेर सुतिरहेका उनीहरुलाई ढोका खोलेर बाहिर निस्कन लगाएर निर्घात कुटपिट गरिएको जानकारी उनले दिए। ‘श्रीमान र श्रीमती बोक्सा, बोक्सी रहेको र उनीहरुले नै कहिल्यै निको नहुने गरी टुनामुना गरिदिएका कारण पालैपालो बिरामी भइरहने कुरा चिन्ता बस्ने क्रममा शशिकलाले बकेपछि घटना सुरु भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ’ केसीले भने।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्रदान गरिने

    काठमाडौँ, साउन २ – नेपालका दुई चर्चित व्यक्तित्व—सामाजिक अभियानमा क्रियाशील राप्रपा नेता ज्ञानेन्द्र शाही र...

    शनिबार रातिदेखि देशभर मनसुनी वर्षा तीव्र हुने, ३६ जिल्लामा बाढीको जोखिम

    काठमाडौं, साउन २ – शनिबार रातिदेखि नेपालभर मनसुन सक्रिय हुँदै अत्यधिक वर्षा हुने जल तथा...

    आलममाथि पुनः कानुनी घेराबन्दी : सर्वोच्चले के फैसला गर्ला?

    काठमाडौं, साउन २ – नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च...

    विराटनगरको प्रहरी कार्यालयमै तीन श्रमिकमाथि निर्घात कुटपिट, एकजना गम्भीर घाइते

    विराटनगर, साउन २ – मोरङको रानीस्थित इलाका प्रहरी कार्यालयभित्रै तीन जना श्रमिकमाथि भएको कुटपिटको घटनाले...

    धरहरा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला, ५ करोड नजिक आम्दानी

    काठमाडौं, साउन २ – काठमाडौंको ऐतिहासिक चिनारीका रूपमा रहेको सुन्धारास्थित धरहरा अब प्रत्येक दिन बिहान...