News Portal

मोरङमा बोक्सीको आरोपमा वृद्ध दम्पत्तिमाथि निर्घात कुटपिट

हिमाली संचार संवाददाता
४०७ पटक

किशोर बुढाथोकी
विराटनगर, १२ बैशाख : मोरङको सुन्दरहरैंचा नगरपालिका–११ मा बोक्सा बोक्सीको आरोपमा एक वृद्ध दम्पत्तिमाथि निर्घात कुटपिट भएको छ। बोक्सा बोक्सीको आरोपमा ६० वर्षे वृद्ध र बोक्सीको आरोपमा उनकी श्रीमतीमाथि एउटै परिवारका चार सदस्यले निर्घात कुटपिट गरेका छन्।

लाट्ठी, लात र मुड्कीले निर्घात कुटपिट गर्दा दुबै जना घाइते भएका छन्। घटनापछि दुबैलाई उपचारका लागि नोबेल अस्पताल बेलबारीमा भर्ना गरिएको थियो। तर, नोबेलमा उपचार सम्भव नभएपछि श्रीमतीलाई विराटनगरको कोसी अस्पताल ल्याएर थप उपचार सुरु गरिएको छ।

उक्त दम्पत्ति घरमा एक्लै बस्दै आएको थियो। प्रहरीका अनुसार आक्रमणबाट घाइते भएकी वृद्धा मानसिक रुपमा पनि विक्षिप्त बनेकी छन्। वृद्ध–वृद्धामाथि सुन्दरहरैंचा–११ धाती टोल बस्ने ६३ वर्षे टुनका खवास, ३५ वर्षे श्यामलाल खवास, ३१ वर्षे रामकुमार खवास र ३० वर्षे शशिकला खवासले सामूहिक रुपमा आक्रमण गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए।

प्रहरीका अनुसार श्यामलाल र रामकुमार टुनकाका छोरा हुन्। शशिकला टुनकाकी बुहारी र श्यामलालकी श्रीमती हुन्। उनी गाउँ घरमा धामी झाक्रीको काम गर्ने महिला पनि भएको जानकारी प्रहरीले दिएको छ। घटनाका पीडित र पीडकको घर लगभग तीन सय मिटर वरपर रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार घरमा परिवारका सदस्य पालैपालो बिरामी भइरहने भएपछि झरफुकका लागि भन्दै टुनकाको घरमा उनकै बुहारी शशिकला धामी (चिन्ता) बसेकी थिइन। चिन्ता बस्ने क्रममा शशिकलाले वृद्ध दम्पत्ति बोक्सा बोक्सी रहेको बताएपछि परिवारका सबै सदस्य धुरिएर बुधबार विहान साढे १ बजे आक्रमण गरेको एसपी केसीको भनाइ छ।

परिवारका चारै सदस्य मिलेर घरमै पुगेर सुतिरहेका उनीहरुलाई ढोका खोलेर बाहिर निस्कन लगाएर निर्घात कुटपिट गरिएको जानकारी उनले दिए। ‘श्रीमान र श्रीमती बोक्सा, बोक्सी रहेको र उनीहरुले नै कहिल्यै निको नहुने गरी टुनामुना गरिदिएका कारण पालैपालो बिरामी भइरहने कुरा चिन्ता बस्ने क्रममा शशिकलाले बकेपछि घटना सुरु भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ’ केसीले भने।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...