News Portal

सरकार हरेक क्षेत्रमा असफल : महामन्त्री सिंह

हिमाली संचार संवाददाता
४२५ पटक

रुपन्देही, १२ बैशाख : नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले सरकार आफ्नो काममा असफल भएको बताएका छन्। सुशासन र भ्रष्टाचार नियन्त्रण असफल भएको उनको टिप्पणी छ। रिपोर्टर्स क्लब प्रदेश ५ कार्यालय बुटवलमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा महामन्त्री सिंहले हरेक क्षेत्रमा सरकार असफल भएको आरोप लगाएका हुन्।

‘निर्मला हत्याकाण्डलगायतका घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नु, यातायात सिन्डिकेट खारेजको घोषणा गर्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने, समयमा काम नगर्ने ठेकेदारलाई कारबाही नगर्ने भ्रष्टाचारीलाई कारबाही नगर्ने, राष्ट्रियताविरुद्धमा नागरिकता विधेयक ल्याउने कामले सरकार असफल भयो’, उनले भने।

महामन्त्री  सिंहले लोकतन्त्र, गणतन्त्रका विषयमा सरकारको नीति स्पष्ट नभएको बताए। यो सरकार राष्ट्रियताको अडानले सत्तामा आएको स्मरण गर्दै अहिले राष्ट्रियता कहा हरायो? भन्दै प्रश्नसमेत गरे।  ‘राष्ट्रियताको विषयमा सरकारले ढुलमुलको नीति अवलम्वन गरेको छ, नागरिकता विधेयक र गृह मन्त्रालयको सर्कुलरले राष्ट्रियताको धज्जी उठाएको छ’,उनले भने।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...