News Portal

वडासदस्य दर्लामीको दादागिरी, शिक्षकहरु आतंकित

हिमाली संचार संवाददाता
५६१ पटक

सुर्खेत, ११ बैसाख : सुर्खेतको बीरेन्द्रनगर नगरपालिका –१२, का वडासदस्य रामकुमार दर्लामीले अमर ज्योति नमुना माध्यामिक विद्यालय नेवारेका प्रधानाध्यापकलाई ज्यान मार्ने धम्की दिएका छन् । बुधवार दिउँसो कार्यकक्षमै पुगेर उनले प्रधानाध्यापक खगेन्द्र थापालाई ज्यान मार्ने धम्की दिएका हुन ।

आफुले भनेको काम नगरेको भन्दै दर्लामीले आफुमाथी हातपातको प्रयास गदै ज्यान मार्ने धम्की दिएको थापाले बताए । सदस्य दर्लामीले प्रवेस परिक्षा नदिएका विद्यार्थीलाई भर्ना गर्न वारम्वार अनावश्यक दवाव दिदै आएको पनि बताए । आफुले भनेको कुरा नमानेको भन्दै प्रधानाध्यापक थापालाई हातपात गर्न खोजेपछि दर्लामीलाई विद्यालयका शिक्षक र कर्मचारीले रोकेका थिए ।

दर्लामीको हर्कतपछि विद्यालयले संचालन गरेको विद्यार्थी भर्ना अभियान समेत प्रभावित भएको विद्यालयले जनाएको छ । भर्नाको लागि आवश्यक कागजपत्र नपुगेका र प्रवेस परिक्षा पनि नदिएका विद्यार्थीलाई दर्लामी भर्ना गर्न दवाव दिएका थिए । उनले प्रधानाध्यापकलाई म को हुँ, मैले भनेको नमान्ने, तँ को होस भन्दै ज्यान मार्ने धम्की दिएका थिए । उनले केही दिन अघि पनि विभिन्न सार्वजनिक कार्यक्रममा विद्यालयका शिक्षकलाई कुटपिट गर्ने धम्की दिदै आएको गाउँलेहरुले बताएका छन् ।

निर्वाचित जनप्रतिनिधीले नै विद्यालयमा पुगेर ज्यान मार्ने धम्की दिएपछि विद्यालयकाक शिक्षक कर्मचारी आतंकित भएका छन् । उनीहरुले सुरक्षाको माग गदै प्रहरी प्रशासन गुहारेका छन् । जीउज्यानको सुरक्षा गर्न माग गदै बीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा जानकारी दिएको जनाएका छन् । यता विद्यालयले भने प्रवेस परिक्षा नदिएका विद्यार्थीलाई पनि कसरी भर्ना गर्न सकिन्छ भन्ने बारेमा छलफल भैइरहेको जनाएको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणी पोख्रेलले धम्की दिने व्यक्तिलाई कारवाहीको लागि आवश्यक निर्देशन दिइसकेको बताए । सुर्खेतका प्रहरी प्रमुख बसन्त रजौरेले अहिलेसम्म उजुरी दर्ता नभएको भन्दै उजुरी दर्ता हुन वित्तिकै कानुनी कारवाही गरिने बताए ।

यता वडासदस्य दर्लामीले भने आफुले प्रधानाध्यापक माथी अभद्र व्यवहार नगरेको दावी गरे । उनले भने म जनप्रतिनिधी भएकोले मेरो वडाको विद्यालय जान नपाउने ? यदि मैले ज्यान मार्ने धम्की दिएको भए, प्रधानाध्यापकले पुष्टी गर्नुहुन्छ होला त ?

प्रतिकृया दिनुहोस्

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...