News Portal

युवा नेता गगन थापाले भोलि सुर्खेतमा सम्बोधन गर्ने

हिमाली संचार संवाददाता
६५४ पटक

(फाइल तस्बिर)

सुर्खेत, १० बैशाख : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलीदेखी देशभर राष्ट्रिय जागरण अभियानको सुरु गर्ने भएको छ। सुर्खेतमा हुने कार्यक्रमलार्इ नेपाली काँग्रेसका कोषाध्यक्ष सितादेबी यादब र केन्द्रिय सदस्य गगनकुमार थापाले सम्बोधन गर्ने कांग्रेस सुर्खेतले जनाएको छ।

जागरण अभियानको भोली बिहान १० बजे पाटी कार्यलयमा उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस सुर्खेतका सभापती कमलराज रेग्मीले जनकारी दिनुभयाे । जेठ ११ गते सम्पन्न हुने प्रथम चरणको कार्यक्रममा हिमाल, पहाड, तराई–मधेशका लागि ७७ वटै जिल्लामा प्रतिनिधिहरु खटाइएको छ।

सरकारले संघीयताको मर्म अनुसार काम गर्न नसकेको कुरा आम जनतालाई जानकारी दिने उदेश्यले राष्ट्रिय जागरण अभियान संचालन गर्न लागिएको काँग्रेसले जनाएको छ।

तीन चरणमा सञ्चालन हुने राष्ट्रिय जागरण अभियान अन्तरगत पहिलो चरणको एक महिने कार्यक्रम ७७ जिल्लामा हुनेछ। त्यसैगरी दोस्रो चरणको कार्यक्रम भदौ २३ गतेदेखि असोज ७ गतेसम्म ३ सय ३० वटै निर्वाचन क्षेत्रमा सञ्चालन हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुसको दोस्रो साता सबै पालिकामा हुने पनि कांग्रेसले जनाएको छ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...