News Portal

हिमाली जिल्ला डोल्पाका ग्रामीण बस्तीका जनता प्रविधिसँग जोडिँदै

हिमाली संचार संवाददाता
५६८ पटक

विष्णुप्रसाद देवकोटा
डोल्पा, १० बैशाख : उमेरले ६५ वर्षका भएका आइते रोकाया मंगलबार निकै खुसी थिए। साविकको माझफाल गाविस हालको ठूलीभेरी नगरपालिका ६ का उनलाई पहिलो पटक घरबाटै काठमाडौंमा रहेका आफन्तसँग मोबाइलमा कुरा गर्न पाउँदा हर्षको सीमा रहेन।

उनीमात्र होइनन् शिक्षक हचिन्द्र बुढा पनि औधी खुसी थिए। फोन गर्न हिँडेरै सदरमुकाम दुनै जानुपर्ने बाध्यता थियो। उनले भने, ‘अब त गाउँमै मोबाइल टावर बन्यो, घरभित्रबाटै ढुक्कले आफन्तसँग भलाकुसारी गर्न पाइने भयो।

ठूलीभेरी नगरपालिका ६ मा पर्ने रिनपुले डाँडामा नेपाल टेलिकमको नमस्ते मोबाइल सेवाको बीटीएस स्थापना गरेपछि माझफालबासीको हजारौं वर्ष अघिदेखिको मोबाइल फोन प्रयोग गर्ने सपना पूरा भएको हो। पिछडिएको दुर्गमबस्ती माझफाल, थरगाउँ र काँडातालीवासीले एक वर्षसम्मको प्रयासपछि नेपाल टेलिकमको बीटीएस प्रणालीबाट लाभान्वित हुन पाएका छन्।

पछिल्लो समय हिमाली जिल्ला डोल्पाका दुर्गम ग्रामीण बस्तीका जनता सञ्चार प्रविधिसँग जोडिँदै जाने क्रम जारी छ। हुवावे कम्पनीले माझफाल क्षेत्रमा सञ्चार सुविधा पु¥याउने जिम्मेवारी पाएको थियो। माझफाल क्षेत्रका ३ हजार बढी जनता सञ्चार पहुचमा पुगेको बताउँदै बर्षौदेखिको घरमै बसेर गाउँलेले आफन्तसँग भलाकुसारी गर्ने दिनको प्रतिक्षाको अन्त्य भएको विद्यार्थी नेता योगेन्द्र बुढाले बताए।

एक साताअघि मात्र युवा विद्यार्थी नेता बुढाले मोवाइल टावरका लागि आवश्यक पर्ने सामाग्रीहरु हवाई चार्टर गरेर ल्याएका थिए। मंगलबारबाट पूर्ण रुपमा सञ्चालनमा आएको नमस्ते मोबाइल टावर माइक्रोवेभ लिंकमा जोडिएको छ।

फोन र टुजी इन्टरनेटसमेत चलाउन पाउने गरी सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम डोल्पाका प्रमुख दयाविक्रम केसीले नागरिक न्युजलाई बताए। नमस्ते मोवाइल सेवा सुचारु भएको अवसरमा गाउँमा खुसियाली कार्यक्रम राखिएको सुनिता बुढाले बताइन्।

डोल्पाको ३७ हजार ७ सय जनसंख्यामध्ये झण्डै २६ हजारको हाराहारीले सञ्चार प्रविधिको उपयोग गरिरहेका छन्। तल्लो र मध्य डोल्पाका अधिकांश जनताहरुले मोवाइल सेवाको पहुचमा पुगे पनि उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्धबाहेक अन्य बस्ती मोबाइल सेवाबाट वञ्चित छन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...