News Portal

पथरीमा भिड नियन्त्रण बाहिर, २ राउण्ड हवाई फायर

हिमाली संचार संवाददाता
४७५ पटक

पथरी, १० बैशाख : ईलाका प्रहरी कार्यलय पथरी घेराऊ गर्न गएको भिडलाई तितरबितर पार्न प्रहरीले २ राउण्ड हवाई फायर गरेको छ । नगरपालिका तालाबन्दि  र घेराउपछि ईलाका घेर्न गएको भिडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । हवाइफायर पछि भिड तितरबितर भएको छ । शनिबारदेखि अशान्त बनेको पथरीशनिश्चरेका स्थानीय आन्दोलित भएका छन ।

बजार सहित पुर्बपश्चिम राजमार्ग बन्द गरेर स्थानीय आन्दोलित बनेपछि प्रहरीले ज्यादती गरेको भन्दै नगरपालिका तोडफोड गरेका छन । स्थानीयले नगरपालिकामा रहेको वडा नम्बर १ को कार्यलयमा ताला लगाएर आन्दोलन शुरु गरिरहेका बेला प्रहरीले ज्यादती गरेको र अपशब्द प्रयोग गरेको भन्दै उनीहरुले नगरपालिकाको गेट फोडी भित्रै नाराबाजी गरेका छन ।

दिनप्रतिदिन हत्या र हिंसा बढेको र प्रहरीले सुरक्षा प्रदान गर्न नसेकेको भन्दै सोमबार पथरीका स्थानीयले कविता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरेका थिए । श्निबार बिहान पथरी १ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ बर्षिया रिना बस्नेतको नगन अबस्थामा शव भेटिएपछि पथरीबासी थप आन्दोलित भएका थिए । पथरीमा यसअघि पनि सोही प्रकृतिका ५ वटा घटना भईसकेका छन ।

प्रतिकृया दिनुहोस्

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...