News Portal

आज २०७६ साल वैशाख १० गते, सन् २०१९ अप्रिल २३ तारिख मंगलबारको राशिफल

हिमाली संचार संवाददाता
३९४ पटक

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काम गर्ने अवसर प्राप्त भए पनि प्रतिफल प्रतीक्षा गर्नुपर्ला। अरूको भरपर्दा आफ्नो काम प्रभावकारी काम नहुन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। आलोचकहरूलाई पनि व्यवहारले समेट्ने प्रयास गर्नुहोला। मिहिनेत गर्दा नियमित काम सम्पादन हुनेछन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

बृष – Taurus

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। तापनि प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ। मनोरञ्जनमा खर्च बढ्नेछ।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिले आँटेका काममा बाधा पुर्याउन सक्छ। वैधानिक प्रावधानले केही अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन्। तापनि मिहिनेत गर्दा नियमित काम बन्नेछन्। थोरै भए पनि दिगो काम प्रारम्भ हुनेछ। केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिवेश सामान्य रहे पनि मनको डरले भने सताउनेछ। ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। अरूको मुख नताकी कर्मयोगमा लाग्दा फाइदा उठाउन सकिनेछ।

कन्या – Virgo

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। साथीभाइसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। नियमित काम सम्पादन भए पनि सहयोगीहरू पछि हट्न सक्छन्। आँटेको काममा पनि केही व्यवधान हुनेछ। प्रयत्न गर्दा भौतिक साधन जुटाउन सकिनेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

तुला – Libra

र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसर प्राप्त भए पनि अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। बुद्धिको उपयोगले केही काम सम्पादन हुनेछन्। मिहिनेतले विद्या तथा धन आर्जन गर्न सकिनेछ।

बृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण लक्ष्यमा पुग्न समस्या पर्नेछ। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। पार्टी–भोजको अवसर प्राप्त भए पनि स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला।

धनु – Sagittarius

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। घरखर्च बढ्नुका साथै अर्थ अभाव देखा पर्नेछ। तापनि विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुन सक्छ। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ।

मकर – Capricorn

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। मिहिनेतले आम्दानी बढाउनेछ। श्रमको उचित मूल्यांकन होला। कृषि, पशुपालन तथा व्यापारमा मनग्गे लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ। दिन उत्साहवर्द्धक रहनेछ।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द
बाध्यतामा अलमलिनुपर्दा चिताएको काममा बाधा आउला। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ तर उपलब्धिविहीन काममा समय बित्न सक्छ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। व्यवसायमा फाइदा हुनेछ तर नयाँ काम गर्न समय पर्खनुहोला।

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। परिस्थिति अनुकूल हुनाले रोकिएको काम सम्पादन गर्न सकिनेछ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...