आज : २०२६-०७-१०, शुक्रबार

गजल

यो पापको मेला हो भलाई राख्न मिल्दैन
मुटुलाई दाउरा जस्तो जलाई राख्न मिल्दैन

मेरी आमा भगवान हुन तपाईं बुझ्नुहोस
हिटलर को ठाउँमा बुद्धलाई राख्न मिल्दैन

तिम्रा बा ले मेरो सामु नउभिदै भित्र पठाए
सोचेहुन बारुद अघि सलाई राख्न मिल्दैन

बिच समुन्द्रमा तैरिएको डुङ्गा हो यो जीवन
जसलाई १ मिनेट नि नचलाई राख्न मिल्दैन

मैले के गर्ने तपाईं आफै भन्नुहोस न प्यारा
भने हजुरको बा ले तँलाई राख्न मिल्दैन।।

प्रकाश कुमार गिरी
दैलेख