News Portal

राप्रपालाई वार्ताका लागि सरकारको पत्र

हिमाली संचार संवाददाता
४५४ पटक

८ बैशाख, काठमाडौं : हिन्दुराज्य र राजतन्त्र र संघीयताबारे जनमतसंग्रहको माग गर्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सरकारले वार्तामा बोलाएको छ। औपचारिक वार्ताका लागि कानूनमन्त्री भानुभक्त ढकालले राप्रपालाई सरकारको तर्फबाट आइतबार पत्र पठाएका छन्।

मन्त्री ढकालले सरकारले आफूलाई सरकारले वार्ताको जिम्मेवारी दिएको पत्रमा उल्लेख गरेका छन्। सरकारले बैशाख १० गते १ बजे सिंहदरवारमा राप्रपालाई वार्ताका लागि आउन आग्रह गरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपाले वार्तामा बोलाउने सरकारको निर्णयको स्वागत गर्दै पार्टीका तर्फबाट वार्ता समिति गठन गर्न सोमबार कार्यसम्पादन समितिको बैठक बोलाइएको श्रेष्ठले जानकारी दिए।

आज मात्रै सरकारका तर्फबाट वार्ताका लागि आह्वानसहितको पत्र आएको छ, हामीले यसलाई सकारात्मक रुपमा लिएका छौं’ श्रेष्ठले भने,’भोली(सोमबार) दलको बैठक बसेर वार्ताका लागि कार्यदल बनाउँछौं।

विभिन्न २२ बुँदे माग राखेर राप्रपा फागुन ७ गतेदेखि आन्दोलनमा छ। शनिबार पहिलो चरणको आन्दोलन सकिएको घोषणा गरेको राप्रपाले दोस्रो चरणका संघर्षका कार्यक्रम तय गर्न पार्टीका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा कार्यदल बनाएको थियो।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...