News Portal

कार्यकक्षमै मस्त निद्रामा पशुपन्छी सेवा कार्यालयका प्रमुख यादव !

हिमाली संचार संवाददाता
३७६ पटक

विराटनगर, ८ बैशाख : मोरङ उर्लाबारीस्थित पशुपन्छी सेवा कार्यालयका प्रमुख कार्यकक्षमा मस्त निद्रामा भेटिएका छन् । आइतवार दिउँसो कार्यालय समयमा पशु विकास अधिकृत श्यामानन्द यादव मस्त निद्रामा भेटिएका हुन् । कार्यलय समयमा सेवाग्रहीको चाप रहेकै बेला प्रमुख भने मस्त निद्रामा भेटिएका हुन् ।

रिपोर्टिङका लागि पुगेका पत्रकार हरि कोइरालाले कार्यकक्षमा निदाएको तस्वीर खिचेर सामाजिक सञ्जालमा सेयर गरेका छन् । ‘हामी रिपोर्टिङमा गएका थियो, निदाएको देखेपछि ४-५ मिनेट पर्खियाैं ,’ उनले भने ‘ नउठेपछि एक मिनेट जतिको भिडियो र फोटो खिच्यौं ।’ यादव निदाएको टेबल छेउको ढोकाबाट प्रवेश गरी दुई पटक खोकेपछि मात्र बिउँझिएको उनले बताए ।

उर्लाबारी नगरपालिका कार्यक्षेत्र रहेको सेवा कार्यालय ४ नम्बर वडामा छ । आइतबार गोबर परीक्षण गर्ने सेवाग्राहीको चाप बढी थियो । गोबर परीक्षण गर्दा टाउको दुखेपछि आफ्नो चेम्बरमा रेष्ट गर्दा पुगेका मान्छेले आफ्नो फोटो खिचिदिएको यादवले सुनाए ।

यहाँ धेरै सेवाग्राही आउनुहुदो रहेछ,’ उनले भने, ‘हेर्दा हेर्दै टाउको दुखेर रेष्ट गर्दा यस्तो भयो । कार्यकक्षमा सुत्ने ठाउँ नभएको बताउँदै उनले माइक्रोस्कोपमा पटक-पटक गोबर टेष्ट गर्दा टाउको दुखेपछि साथीलाई हेर्न लगाएर रेष्ट गरेको बताए ।

प्रतिकृया दिनुहोस्

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...