News Portal

मञ्चमै प्रधानमन्त्रीलाई कालाेझण्डा देखाएपछि..

हिमाली संचार संवाददाता
५०० पटक

रेखा भुसाल
बुटवल, ७ बैशाख : तीन तहको सुरक्षा घेराबीच जितगढी किल्ला महोत्सवको उद्घाटन गर्न बुटवल आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ। जितगढी महोत्सव उदघाटन समारोहलाई सम्बोधन गर्न सुरु गरेलगत्तै एक जना व्यक्तिले दर्शक दिर्घाबाट अगाडि बढ्दै कालो झण्डा देखाएका थिए।

कालो झण्डा देखाउने ती व्यक्ति बुटवल ११  मजुवाका रुद्रमणी घिमिरे रहेको इलाका प्रहरी कार्यायल बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए। घिमिरेलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरिएको छ। जितगढी किल्ला एउटा गढी भएकाले यसको सुरक्षाको मुल नेतृत्व नेपाली सेनाले गरेको प्रहरीले जनाएको छ। सुरक्षाकै कारण देखाउदै पत्रकारहरुलाई समेत मञ्चदेखि टाढै राखिएको थियो।

तीन तहको सुरक्षा व्यवस्था गरिएको भनिएको कार्यक्रममा घिमिरेले ‘मेरो देश प्राण भन्दा प्यारो छ, उजिर सिंह जिन्दाबाद’ भन्ने नारा लगाउँदै मञ्चको अगाडि बढेर कालो झण्डा देखाएका थिए। कालो झण्डा लिएर घिमिरे अगाडि बढेपछि प्रधानमन्त्रीले केहीबेर रोकिए। तत्काल प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेपछि प्रधानमन्त्री ओली मुसुक्क हाँस्दै ‘कसैले उहाँलाई पठायो होला, केही छैन’ भन्दै फेरि भाषण सुरु गरेका थिए।

कर्णेल उजिर सिंहले २०३ बर्ष अगाडि आजकै दिन बुटवल जितगढी किल्लाबाट अग्रेजलाई परास्त गरी फर्काएका थिए। सोही दिनको सम्झनामा जितगढीमा बिजयउत्सव समारोह गरिएको हो। समारोहलाई प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेकपाका महासचिव विष्णु पौडेल, कांग्रेस संसदीय दलका प्रमुख सचेत बालकृष्ण खाँण लगायतले सम्बोधन गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...