News Portal

मञ्चमै प्रधानमन्त्रीलाई कालाेझण्डा देखाएपछि..

हिमाली संचार संवाददाता
५४२ पटक

रेखा भुसाल
बुटवल, ७ बैशाख : तीन तहको सुरक्षा घेराबीच जितगढी किल्ला महोत्सवको उद्घाटन गर्न बुटवल आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ। जितगढी महोत्सव उदघाटन समारोहलाई सम्बोधन गर्न सुरु गरेलगत्तै एक जना व्यक्तिले दर्शक दिर्घाबाट अगाडि बढ्दै कालो झण्डा देखाएका थिए।

कालो झण्डा देखाउने ती व्यक्ति बुटवल ११  मजुवाका रुद्रमणी घिमिरे रहेको इलाका प्रहरी कार्यायल बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए। घिमिरेलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरिएको छ। जितगढी किल्ला एउटा गढी भएकाले यसको सुरक्षाको मुल नेतृत्व नेपाली सेनाले गरेको प्रहरीले जनाएको छ। सुरक्षाकै कारण देखाउदै पत्रकारहरुलाई समेत मञ्चदेखि टाढै राखिएको थियो।

तीन तहको सुरक्षा व्यवस्था गरिएको भनिएको कार्यक्रममा घिमिरेले ‘मेरो देश प्राण भन्दा प्यारो छ, उजिर सिंह जिन्दाबाद’ भन्ने नारा लगाउँदै मञ्चको अगाडि बढेर कालो झण्डा देखाएका थिए। कालो झण्डा लिएर घिमिरे अगाडि बढेपछि प्रधानमन्त्रीले केहीबेर रोकिए। तत्काल प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेपछि प्रधानमन्त्री ओली मुसुक्क हाँस्दै ‘कसैले उहाँलाई पठायो होला, केही छैन’ भन्दै फेरि भाषण सुरु गरेका थिए।

कर्णेल उजिर सिंहले २०३ बर्ष अगाडि आजकै दिन बुटवल जितगढी किल्लाबाट अग्रेजलाई परास्त गरी फर्काएका थिए। सोही दिनको सम्झनामा जितगढीमा बिजयउत्सव समारोह गरिएको हो। समारोहलाई प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेकपाका महासचिव विष्णु पौडेल, कांग्रेस संसदीय दलका प्रमुख सचेत बालकृष्ण खाँण लगायतले सम्बोधन गरेका थिए।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...