News Portal

पथरीमा बलत्कार पछि युवतीको हत्या

हिमाली संचार संवाददाता
४६६ पटक

बैशाख ७, शनिबार : मोरङको पथरीशनिश्चरे १ की २९ बर्षिया रिना बस्नेत नग्न अबस्थामा शनिबार बिहान मृत फेला परेकी छिन । शुक्रबार राति पथरीमा आयोजित कन्सर्ट हेर्न कोठाबाट निस्किएकी उनी शनिबार बिहान नग्न अबस्थामा घोप्टो परेको मर्निङ वाक गर्ने स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनका श्रीमान बैदेशिक रोजगारीमा रहेका छन । उनी १४ बर्षिया छोराको साथमा पथरीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिईन । पसल अगाडी घोप्टो परेको अबस्थामा नाङगै उनी लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उनको शव नजिकै रगत समेत बगेको देखिएको छ । उनको बलात्कार पछि हत्या भएको प्रहरीले आशंका गरेको छ । घटनाको अनुसन्धान भईरहेको र सो स्थानमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...