News Portal

वडा नम्बर १४ को भवनको शिलान्यास, अण्डरग्राउण्ड पार्किङदेखि सुविधासम्पन्न लिफ्ट

हिमाली संचार संवाददाता
४५० पटक

काठमाडौं, ४ बैशाख : काठमाडौं महानगरपालिकाका वडा नम्बर १४ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । बल्खुस्थित भुवनेश्वरी मन्दिरको दक्षिणतर्फको २ सय ५३ दशमलब २४ बर्गमिटर (झण्डै ८ आना) जग्गामा निर्माण गर्न लागिएको वडा कार्यालय भवनको बुधबार एक कार्यक्रमका बीच महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले शिलान्यास गरे ।

आउँदो १ बर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी बुधबारबाटै निर्माण कार्य थालिएको वडाध्यक्ष शोभा सापकोटाले बताइन् । जतिसक्दो छिटो भवन निर्माणमा सकेर वडाको कार्य सम्पादन र सेवा प्रवाह छिटो छरितो बनाउने उनले बताइन् । उनका अनुसार निर्माण थालिएको वडा कार्यालय भवनको भुँइ तलामा अण्डरग्राउण्ड पार्किङ हुनेछ ।

पार्किङमा झण्डै ३० वटा मोटरसाइकल अट्नेछ। यसबाहेक साढे ४ तलामा बन्ने भवनको कुल क्षेत्रफल ११ हजार ८२ दशमलब ८ बर्गफिट हुनेछ । यसमध्ये भूमिगत तलाको क्षेत्रफल १९१९.७९ बर्ग फिट र भुइँ तलाको क्षेत्रफल १७८९.०८ बर्गफिट हुनेछ । आरसीसी फ्रेम स्क्ट्रक्चरमा निर्माण हुने भवनमा लिफ्ट जडान हुनेछ । अब बन्ने भवन यो अपाङ्गमैत्री हुने उनले बताइन् । उनका अनुसार हरेक तलामा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय बनाउने गरी डिजाइन गरिएको छ ।

भवनमा दर्ता चलानी गर्ने ठाउँ, वडा क्लिनिक, कर्मचारी र जनप्रतिनिधिका लागि छुट्टाछुट्टै र व्यवस्थित कार्यकक्ष, बैठक कक्ष, पुस्तकालय, प्राविधिक कक्ष, सहजकर्ता कक्ष हुनेछन् ।

भवन निर्माण सम्पन्न भइसकेपछि वडा क्लिनिक पनि त्यहींबाट सञ्चालन गरिने वडा अध्यक्ष सापकोटा बताउँछिन् । भवन निर्माणका लागि ५ करोड ५२ लाख ७२ हजार ४८१ रुपैयाँ ३५ पैसा लागत अनुमान गरिएको थियो । तर, पीआर बाबुरत्न जेभीले ४ करोड ३४ लाख ३३ हजार ६९२ रुपैयाँ ९० पैसा कबोल भवनको निर्माणको ठेक्का पाएको छ । २ वर्षभित्र निर्माण सक्ने लक्ष्य छ ।

अहिले भाडामा लिइएको भवनबाट वडा कार्यालयको कार्य सम्पादन हुँदै आएको छ । पर्याप्त ठाउँ नहुँदा जनप्रतिनिधि र कर्मचारी एउटै कोठामा बस्नु पर्ने अवस्था छ । सेवाग्राहीको चाप बढ्दा थेग्न नसक्ने अवस्था आउने गरेको वडा अध्यक्ष सापकोटाको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ६ गतेको राशिफल

आज फागुन ६, २०८२ ( फेब्रुअरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ...

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ५ फागुन — निर्वाचनसँग सम्बन्धित अफवाह फैलाएको आरोपमा मेडिकल व्यवसायी र ‘राष्ट्र, राष्ट्रियता, धर्म,...

पैदलयात्रीमाथि हातपात गर्ने चालकको खोजी तीव्र

काठमाडौं, फागुन ६ — सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि कुटपिट गर्ने कार...

चितवन–३ मा सोविता गौतमलाई अघि सार्नु पार्टीको सामूहिक निर्णय : लामिछाने

चितवन, ५ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले सोविता गौतमलाई चितवन–३...