News Portal

वडा नम्बर १४ को भवनको शिलान्यास, अण्डरग्राउण्ड पार्किङदेखि सुविधासम्पन्न लिफ्ट

हिमाली संचार संवाददाता
४३३ पटक

काठमाडौं, ४ बैशाख : काठमाडौं महानगरपालिकाका वडा नम्बर १४ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । बल्खुस्थित भुवनेश्वरी मन्दिरको दक्षिणतर्फको २ सय ५३ दशमलब २४ बर्गमिटर (झण्डै ८ आना) जग्गामा निर्माण गर्न लागिएको वडा कार्यालय भवनको बुधबार एक कार्यक्रमका बीच महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले शिलान्यास गरे ।

आउँदो १ बर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी बुधबारबाटै निर्माण कार्य थालिएको वडाध्यक्ष शोभा सापकोटाले बताइन् । जतिसक्दो छिटो भवन निर्माणमा सकेर वडाको कार्य सम्पादन र सेवा प्रवाह छिटो छरितो बनाउने उनले बताइन् । उनका अनुसार निर्माण थालिएको वडा कार्यालय भवनको भुँइ तलामा अण्डरग्राउण्ड पार्किङ हुनेछ ।

पार्किङमा झण्डै ३० वटा मोटरसाइकल अट्नेछ। यसबाहेक साढे ४ तलामा बन्ने भवनको कुल क्षेत्रफल ११ हजार ८२ दशमलब ८ बर्गफिट हुनेछ । यसमध्ये भूमिगत तलाको क्षेत्रफल १९१९.७९ बर्ग फिट र भुइँ तलाको क्षेत्रफल १७८९.०८ बर्गफिट हुनेछ । आरसीसी फ्रेम स्क्ट्रक्चरमा निर्माण हुने भवनमा लिफ्ट जडान हुनेछ । अब बन्ने भवन यो अपाङ्गमैत्री हुने उनले बताइन् । उनका अनुसार हरेक तलामा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय बनाउने गरी डिजाइन गरिएको छ ।

भवनमा दर्ता चलानी गर्ने ठाउँ, वडा क्लिनिक, कर्मचारी र जनप्रतिनिधिका लागि छुट्टाछुट्टै र व्यवस्थित कार्यकक्ष, बैठक कक्ष, पुस्तकालय, प्राविधिक कक्ष, सहजकर्ता कक्ष हुनेछन् ।

भवन निर्माण सम्पन्न भइसकेपछि वडा क्लिनिक पनि त्यहींबाट सञ्चालन गरिने वडा अध्यक्ष सापकोटा बताउँछिन् । भवन निर्माणका लागि ५ करोड ५२ लाख ७२ हजार ४८१ रुपैयाँ ३५ पैसा लागत अनुमान गरिएको थियो । तर, पीआर बाबुरत्न जेभीले ४ करोड ३४ लाख ३३ हजार ६९२ रुपैयाँ ९० पैसा कबोल भवनको निर्माणको ठेक्का पाएको छ । २ वर्षभित्र निर्माण सक्ने लक्ष्य छ ।

अहिले भाडामा लिइएको भवनबाट वडा कार्यालयको कार्य सम्पादन हुँदै आएको छ । पर्याप्त ठाउँ नहुँदा जनप्रतिनिधि र कर्मचारी एउटै कोठामा बस्नु पर्ने अवस्था छ । सेवाग्राहीको चाप बढ्दा थेग्न नसक्ने अवस्था आउने गरेको वडा अध्यक्ष सापकोटाको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...