News Portal

कांग्रेस महामन्त्री खड्का बुधबार सुर्खेतको सिम्ता जाँदै

हिमाली संचार संवाददाता
५८४ पटक

सुर्खेत, ३ बैशाख : नेपाली कांग्रेसका महामन्त्री पुर्णबहादुर खड्काले भोलि (बुधवार) सुर्खेतको सिम्ता गाउँपालिकाको गोजिबजारमा सम्बोधन गर्ने भएका छन।

महामन्त्री भएपछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र सिम्तामा पार्टीको कार्यक्रकर्ता भेटघाटकालागि आउन लागेको कांग्रेसको भातृ संगठन तरुणदलका नेता गंगाराम सापकोटाले जानकारी दिए ।

सिम्ता गाउँपालिकाको वडा नम्बर ७ काप्रीचौरको गोजीबजारमा महामन्त्री खड्का आउने भएपछि सिम्तास्थित नेपाली कांग्रेसका नेता, कार्यकर्ता, नेपाली कांग्रेसको भातृ संघसंगठनका नेता लगायत नेपाली कांग्रेसमा आस्थावान नागरिकहरु उत्साहित बनेका छन ।

कांग्रेस क्षेत्रीय कार्यसमितिले यस अघि वडा नम्बर ६ को जामुनेबजारमा कार्यक्रम गर्ने भनिएपनी कार्यक्रम व्यवस्थापनमा सहजताका लागि गोजिबजारमा गर्न लागिएको तरुणदलका नेता सापकोटाले हिमालीसंचारलाई जानकारी दिए।

कर्णालीका १० वटै जिल्लामा भेटघाटमा निस्किएका महामन्त्री खड्काले सोमबार सुर्खेतको मेहेलकुना र आज (मंगलबार) जाजरकोटका नेताकार्यकर्तालाई भेटघाट गर्न पुगेका हुन। उनीसगै खड्ग बहादुर पोखरेल, टेक बहादुर सिंह, बिष्णु बहादुर खड्का, हृदयराम थानी, कमलराज रेग्मी, नारायण कोइराला, तप्त बिष्ट, टोप बहादुर रावत लगायतका नेताहरू छन।

प्रतिकृया दिनुहोस्

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...