News Portal

कांग्रेस महामन्त्री खड्का बुधबार सुर्खेतको सिम्ता जाँदै

हिमाली संचार संवाददाता
५६९ पटक

सुर्खेत, ३ बैशाख : नेपाली कांग्रेसका महामन्त्री पुर्णबहादुर खड्काले भोलि (बुधवार) सुर्खेतको सिम्ता गाउँपालिकाको गोजिबजारमा सम्बोधन गर्ने भएका छन।

महामन्त्री भएपछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र सिम्तामा पार्टीको कार्यक्रकर्ता भेटघाटकालागि आउन लागेको कांग्रेसको भातृ संगठन तरुणदलका नेता गंगाराम सापकोटाले जानकारी दिए ।

सिम्ता गाउँपालिकाको वडा नम्बर ७ काप्रीचौरको गोजीबजारमा महामन्त्री खड्का आउने भएपछि सिम्तास्थित नेपाली कांग्रेसका नेता, कार्यकर्ता, नेपाली कांग्रेसको भातृ संघसंगठनका नेता लगायत नेपाली कांग्रेसमा आस्थावान नागरिकहरु उत्साहित बनेका छन ।

कांग्रेस क्षेत्रीय कार्यसमितिले यस अघि वडा नम्बर ६ को जामुनेबजारमा कार्यक्रम गर्ने भनिएपनी कार्यक्रम व्यवस्थापनमा सहजताका लागि गोजिबजारमा गर्न लागिएको तरुणदलका नेता सापकोटाले हिमालीसंचारलाई जानकारी दिए।

कर्णालीका १० वटै जिल्लामा भेटघाटमा निस्किएका महामन्त्री खड्काले सोमबार सुर्खेतको मेहेलकुना र आज (मंगलबार) जाजरकोटका नेताकार्यकर्तालाई भेटघाट गर्न पुगेका हुन। उनीसगै खड्ग बहादुर पोखरेल, टेक बहादुर सिंह, बिष्णु बहादुर खड्का, हृदयराम थानी, कमलराज रेग्मी, नारायण कोइराला, तप्त बिष्ट, टोप बहादुर रावत लगायतका नेताहरू छन।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...