News Portal

गायक पशुपति शर्मा किन गएनन् पदक थाप्न ?

हिमाली संचार संवाददाता
४०२ पटक

काठमाडौं, ३ बैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विधामा योगदान पुर्‍याएका १ सय ४३ जनालाई हिजो विभिन्न पदकले सुशोभित गरिन् । गृह मन्त्रालयले सिफारिस गरेको सुचीका आधारमा उनले पदक वितरण गरेकी हुन् ।

हिजो पदक पाउनेको सुचीमा गायक पशुपति शर्माको पनि नाम सुचीमा थियो । तर, उनी पदक थाप्न शीतल निवास गएनन् । त्यसपछि आशंका गरियो कि लूट कान्छा लुट… गीतको कारण उत्पन्न विवादका कारण उनको पदक खोसिएको वा उनले बहिष्कार गरेका त होइनन् ?

गृह मन्त्रालयले आफ्नो वेवसाइटमा राखेको सुची अनुसार प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पाउने १० जनामा पशुपतिको नाम अहिले पनि देखिन्छ । त्यसो भए किन उनी पदक थाप्न गएनन् त ?

विभुषणसम्बन्धी मामला हेर्ने गृह मन्त्रालयका सहसचिव महादेव पन्थसँग कुरा गर्दा उनले पशुपतिको नाम सुचीबाट नकाटिएको बताए । उनले पदक पाउनेहरुलाई गृह मन्त्रालयको वेवसाइट, टेलिभिजन, रेडियो र टेलिफोनमार्फत खबर गरिएको जानकारी दिए ।

‘घुस खाँदा रंगेहात समातिएका एक कर्मचारीको पदक खोसिएको हो, त्यो बाहेक सबै १ सय ४३ जनाको नाम यथावत थियो,’ उनले भने । एक सय ४३ जनालाई नै पदक वितरणको तयारी गरिएको तर, उनीहरुमध्ये कसले लिए वा लिएनन् भन्ने विवरण आफूलाई प्राप्त नभएको पन्थ बताउँछन् ।

गृह मन्त्रालयले पदक वितरण हुनेबारे ९ दिन अगाडि सुचना प्रकाशित गरेको थियो । प्रकाशित सुचनामा पुरस्कृत हुने सबैलाई आफ्नो परिचयपत्रसहित चैत २६ गतेदेखि २९ गतेसम्म गृह मन्त्रालयको विभूषण शाखामा आएर प्रवेशपत्र लिन आग्रह गरिएको थियो ।

गायक शर्माले भने आफूलाई पदक वितरण हुने दिनबारे जानकारी नभएको र फोन पनि नआएको बताएका छन् । यस विषयमा पन्थीले मन्त्रालयका कर्मचारीहरुले फोन गर्दा शर्माले नउठाएको वा नलागेको हुन सक्ने उल्लेख गरे ।

केही समयअघि शर्माले गाएको लुट कान्छा लुट गीतको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आलोचना गरेका थिए । विवाद आएपछि शर्माले उक्त गीत यूट्यूबबाट झिके। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताले मन नपराएपछि’ पशुपतिले गीत हटाएको दावी गरेका थिए । पदक वितरणसँग यो विवादको कुनै साइनो नभएको सहसचिव पन्थले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...