News Portal

  • प्रधानमन्त्रीको सम्बोधन मन्त्रीले नै गरे बहिष्कार

    हिमाली संचार संवाददाता
    ३३९ पटक

    काठमाण्डौं, ३ बैशाख : नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरु नै उपस्थित भएनन् । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

    प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषद्मा सहभागी गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चन्द्रप्रकाश खनाल र खानेपानीमन्त्री बिना मगर सम्बोधनमा उपस्थित भएनन् ।

    काठमाडौँमै रहेर पनि गृहमन्त्री थापा, उर्जामन्त्री पुन उपस्थित भएनन् । भने अन्य मन्त्रीहरु भने काठमाडौँबाहिर कार्यक्रम तय गरेर सम्बोधन कार्यक्रम छलेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मिडिया हाउसको छायाँमा नक्कली नोट र अफिम कारोबार, पाँचजना समातिए

    सुर्खेत, असार ३१ — सुर्खेतमा मिडिया हाउसको आवरणमै नक्कली नोट छपाइ र लागुऔषध अफिमको कारोबार...

    इजरायलबाट फर्किएपछि पूर्वपतिको क्रोध : प्यूठानमा श्रीमतीको हत्या, दुई नाबालकको बिचल्ली

    प्यूठान, असार ३१ – परदेश कमाइ गरेर तीन वर्षपछि घर फर्किएका प्यूठानका एक युवकले आफ्नै...

    धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला, सार्वजनिक विदामा पनि चढ्न पाइने

    काठमाडौं, असार ३१ – साउन १ गतेदेखि धरहरा अवलोकन गर्न चाहनेका लागि अब समय र...

    नेपालमा लगानीकर्तालाई सहज वातावरण दिनु सरकारले सुनिश्चित गर्नुपर्छ : देउवा

    काठमाडौं, असार ३१ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा स्वदेशी तथा विदेशी...

    काभ्रेको रिसोर्टमा अनलाइन सट्टेबाजी गर्दै पाँच जना समातिए, मोबाइल र ल्यापटपसहित पक्राउ

    काभ्रेपलाञ्चोक, असार ३१ – काभ्रेको मण्डनदेउपुर नगरपालिकामा अनलाइनमार्फत सट्टेबाजी सञ्चालन गरिरहेको अवस्थामा पाँच जना पक्राउ...