News Portal

सांसद गगन थापाद्वारा संम्पदा संरक्षण अभियान शुरु

हिमाली संचार संवाददाता
३२७ पटक

(फाइल तस्विर)

काठमाडौँ, २ बैशाख : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले नयाँ वर्षसँगै सम्पदा संरक्षणसम्बन्धी अभियान थालेका छन् । गत वर्षभरि ‘म बन्छु जिम्मेवार, कर्तव्यसँगै अधिकार’ अभियान चलाएका थापाले आजदेखि नयाँ वर्ष २०७६ भरिका लागि ‘हाम्रो सम्पदा, हाम्रो सम्पत्ति’ नाराका साथ सम्पदा संरक्षण अभियान शुरु गरेका हुन् ।

काठमाडौँ क्षेत्र नं ४ को सांसदको कार्यालयमार्फत् शुरु गरिएको उक्त अभियानअन्तर्गत पहिलो कार्यक्रम आज ज्ञानेश्वर भैरवस्थान मन्दिरमा गरिएको कार्यालयका सचिव शङ्कर कुइँकेलले जानकारी दिए ।

सांसद थापासँगै प्रदेशसभा सदस्यद्वय नरोत्तम वैद्य र राधा घले, स्थानीय जनप्रतिनिधि, वातावरण तथा संस्कृतिविद् तथा स्थानीयवासीले  सम्पदाको संरक्षणका बारेमा छलफल गरी सो योजना बनाएका छन् । पहिलो कार्यक्रम भएको ठाउँ भैरवस्थान मन्दिरको आज सरसफाइ गर्दै त्यसमा गर्नुपर्ने कामको विवरण पनि तयार पारिएको कुइँकेलले बताए।

अभियानको शुरुआत गर्दै सांसद थापाले पुर्खाले बनाएको सम्पदाको संरक्षण र सम्वद्र्धन गर्नु अहिलेको पुस्ताको दायित्व भएकाले अभियान थालिएको बताए। उनले देशले गौरव गर्ने र विश्वमा नेपाललाई चिनाउने माध्यम भएकाले पनि सम्पदाको संरक्षणमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

नेता थापाले सम्पदाको संरक्षणमा पर्याप्त चासो नदेखिनु चिन्ताको विषय भएको बताए। “यसतर्फ ध्यान दिन विशेष गरेर युवा पुस्तालाई आग्रह गर्छु”, उनले भने। सांसद थापाले यस वर्षलाई सम्पदा संरक्षण वर्षका रुपमा मनाउन लागिएकाले उक्त अभियानअन्तर्गत हरेक महीना कम्तीमा एउटा सम्पदा क्षेत्रमा सरसफाइ, छलफल र योजना निर्माण गरिने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...