News Portal

  • समीट एयर दुर्घटना : ४ सदस्यीय छानबिन आयोग गठन

    हिमाली संचार संवाददाता
    ४४१ पटक

    राजु बास्कोटा
    काठमाडौं, १ बैशाख : आइतबार बिहान लुक्लामा भएको समीट एयर दुर्घटनाको छानबिन गर्न सरकारले दुर्घटना जाँच आयोग गठन गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलीको अध्यक्षमा चार सदस्यीय आयोग गठन भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए।

    उपाध्यायका अनुसार छानबिन आयोगका सदस्यमा नेपाल वायुसेवा निगमका इन्जिनियर राजेश श्रेष्ठ, तारा एयरका क्याप्टेन रवीन्द्र डंगोल र सदस्य सचिवमा पर्यटन मन्त्रालयकै सहसचिव बुद्धिसागर लामिछाने रहेको छन्।

    सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका–२ लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समिट एयरको जहाज उड्ने क्रममा चिप्लिएर दुर्घटना हुँदा को–पाइलटसहित ३ जनाको ज्यान गएको छ। समिटको ९ एन एएमएच कलसाइनको १९ सिट क्षमताको एल ४१० नामक ट्विन इन्जिन जहाज दुर्घटनामा परेको हो।

    जहाज बिहान ९ बजेर १० मिनेटमा दुर्घटना भएको थियो। जहाज दुर्घटनाबाट मनाङ एयरको हेलिकप्टर क्षतिग्रस्त भएको छ। दुर्घटनामा जहाजका को–पाइलट सुजित ढुंगाना लामा, पर्यटक प्रहरी निरीक्षक रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको निधन भएको छ।

    कोपाइलट ढुंगाना र पर्यटन प्रहरी खड्काको घटनास्थलमै ज्यान गएको हो भने श्रेष्ठको काठमाडौंस्थित बीएन्डबी हस्पिटलमा उपचार क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।

    दुर्घटनामा चार जना घाइते भएका छन्। घाइते हुनेमा समिट एयरका पाइलट रविनाथ रोकाय, मनाङ एयरका पाइलट चेतबहादुर गुरुङ, मनाङ एयरका लुक्ला इन्चार्ज लाक्पाछिरी शेर्पा र कामदार स्याङबुचे कार्की छन्।

    काठमाडौं कालिमाटीका पाइलट रोकाय उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ललितपुर उपमहानगर बस्ने मनाङ एयरका पाइलट गुरुङको ग्रान्डी अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले जानकारी दिए।

    ढाडमा गहिरो चोट लागेका उनी खतरामुक्त छन्। मनाङ एयरका लुक्ला इन्चार्ज लाक्पाछिरी शेर्पा र कामदार कार्कीको काठमाडौंमा उपचार भइरहेको छ। रामेछाप विमानस्थलबाट यात्रु लिएर लुक्ला पुगेको उक्त जहाज यात्रु ओरालेर फर्कने क्रममा थियो। लुक्लाबाट पुनः यात्रु लिन रामेछाप फर्कने क्रममा जहाज धावनमार्गबाट दाहिनेतर्फ मोडिएर पार्किङ गरिराखेको हेलिकप्टरमा ठोक्किँदा दुर्घटना भएको हो।

    यात्रुविहीन यो जहाजमा रहेकी एयर होस्टेज (परिचारिका) रश्मि लामा सकुशल रहेको समिट एयरका प्रबन्धनिर्देशक मनोज कार्कीले जानकारी दिए। लुक्लाबाट फर्कने यात्रु नभएका कारण जहाज खाली थियो। मन्थली विमानस्थलबाट पर्यटक बोकेर अवतरण भएको जहाज रित्तै अर्को उडानका लागि मन्थली जान गुडेको थियो।

    दुर्घटनामा परेका जहाजले ५ फ्लाइट गर्ने तालिका थियो। तेस्रो फ्लाइट सफल भएपछि चौथो फ्लाइटका लागि उड्ने क्रममा दुर्घटना भएको हो। दुर्घटनाको कारण नखुले पनि धावनमार्ग चिप्लो नभएको विमानस्थलका अधिकारीले जानकारी दिएका छन्। दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिए

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले आफ्नो...

    जेनजी आन्दोलनमा मृत्यु १९ पुग्यो, ३४७ घाइते उपचाररत

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा देशभर भड्किएको जेनजी आन्दोलनले गम्भीर रूप लिँदै...

    सुन्धाराको प्रहरी बिटमा आगजनी

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा भइरहेको आन्दोलन क्रममा जेन–जी युवाहरूले सोमबार सुन्धारास्थित...

    सामाजिक सञ्जालमार्फत ओलीलाई राजीनामा दिन सुमना श्रेष्ठको आग्रह

    काठमाडौं, भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा...

    कास्कीमा अनिश्चितकालीन कर्फ्यू, आन्दोलनकारी–प्रहरीबीच झडप

    कास्की, भदौ २३ – जेन–जी आन्दोलनका क्रममा उत्पन्न तनावका कारण कास्कीमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको...