News Portal

फेसबुक, इन्स्टाग्राम र ह्वाट्समा विश्वभर समस्या

हिमाली संचार संवाददाता
४४२ पटक

काठमाडौं, १ बैशाख : चर्चित सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या आएको छ । आइतबार अपरान्ह नेपालसहित विश्वभरका प्रयोगकर्ताले ३ सामाजिक सञ्जालमा समस्या व्यहोरेका हुन् । फेसबुकसँग मातहतको इन्स्टाग्राम र ह्वाट्स एपमा आइतबार साँझदेखि विश्वभर ‘डाउन’ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

नेपाली प्रयोगकर्ताले ट्वीटरमा फेसबुकलाई मेन्सन गरेर समस्याबारे जिज्ञासा राखिरहेका छन् । यी सामाजिक सञ्जालबारे वेवसाइटको मनिटर गर्ने डाउनडिटेक्टर डट सीओ डट यूकेमा सयौं गुनासो दर्जा भइसकेको बेलायती पत्रिका मिररले अनलाइन संस्करणमा उल्लेख गरेको छ ।

हाल फेसबुकको वेवसाइट खोल्ने वित्तिकै एरर म्यासेज आउँछ । किन यी सामाजिक सञ्जालमा समस्या आयो भन्ने बारे अहिलेसम्म खुलेको छैन । फेसबुकले पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रतिकृया दिनुहोस्

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...