आज : २०२६-०७-१२, आइतबार

नेकपा महासचिव पौडेललाई क्षतिपूर्ति

काभ्रे, ३० चैत : बालुवाटारको जग्गा खरिद प्रकरणमा नेकपा महासचिव विष्णु पौडेल ‘ठगिएको’ अभिव्यक्ति आएपछि कांग्रेस भातृ संस्था नेविसंघ काभ्रेले क्षतिपूर्ति रकम उठाएको कान्तिपुरले जनाएको छ ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महासचिव पौडेल ठगिएको अभिव्यक्ति दिएपछि व्यंग्यस्वरुप एक रुपैयाँ सहयोग संकलन गरिएको हो ।

संकलित ६ सय ७३ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने नेविसंघ काभ्रेका नेता नृपेश वादेले जानकारी दिए ।