News Portal

देउवाको प्रश्न : प्रधानमन्त्रीको हुकुममा चल्न सेना नोकर हो र ?

हिमाली संचार संवाददाता
४८९ पटक

चैत २९, काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हरेक ठाउँमा हस्तक्षेप गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । उनले सीके राउतसँग भएको सम्झौतादेखि सुरक्षा परिषद्सम्बन्धी विधेयकमा प्रश्न उठाए ।

करप्रसाद ओली !

११ विद्यार्थी संगठनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले शान्ति सुरक्षा दिन सरकार असफल भएको बताए । निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाही गर्नुको सट्टा बचाउने काम गरेको उनको आरोप छ ।

ओली सरकारमा आएसँगै महंगी बढेको उनको दाबी छ । ठाउँठाउँमा कर तिर्दा हैरान भएको भनेर व्यापारीहरुले गुनासो गरेको भन्दै उनले भने, ‘हिजो काभ्रेमा गएको थिएँ, त्यहाँ कुखुरा पनि एक जिल्लाबाट अर्कोमा लैजाँदा कर लाग्दोरहेछ। अघि भने, ‘त्यसकारण केपी शर्मा ओलीभन्दा पनि करप्रसाद ओली राख्नु पर्ने भइसक्यो ।

कहाँ छ देशभक्ति ?

देउवाले २४ फागुनमा सरकार र सीके राउतबीच भएको सहमतिमा पनि प्रश्न उठाए । सरकारसँग सहमति गरेर गएका राउतको स्वागत गर्दा ‘नयाँ देश मधेसमा स्वागत छ’ लेखेको भन्दै उनले भने, ‘नेपालको कुनै पनि भुभाग टुक्राउन जनमत संग्रह हुन सक्दैन । जनमत संग्रहका नाममा केही पनि मान्न हामी तयार छैनौं ।

उनले विप्लव समूहले हत्या हिंसा छोड्नु पर्ने र सरकारले पनि वार्ता गर्नुपर्ने बताए । देउवाले भने, ‘ओलीले एकातिर वार्ता गर्नुको साटो धरपकड गर्दैछ, देश टुक्राउनेसँग वार्ता गरेर जनमत संग्रह भन्छ । कहाँ छ यिनको राष्ट्रवाद ? कहाँ छ देशभक्ति ?

उनले ओली सरकारमाथि चिकित्सा शिक्षामा हस्तक्षेप गरेको आरोप लगाए । चिकित्सा शिक्षामा गठी गर्नेहरुलाई भने करबाही गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

कांग्रेसले हरेक गाविसमा हाइस्कुल खोलेको र स्वास्थ्य चौकी बनाउने घोषणा गरेको भन्दै उनले तिर्न सक्नेले पैसा तिर्नुपर्ने नसक्नेको माफ गर्नुपर्ने बताए । सरकारी स्कुलको शिक्षा सुधार गर्नुपर्ने भएपनि सरकारको ध्यान पुग्न नसकेको भन्दै उनले भने, ‘शिक्षकहरुलाई राम्रोसँग पढा भन्नुपर्‍यो । त्यता ध्यान नै छैन ।

सेना कसैको नोकर हो ?

उनले प्रधाननमन्त्री ओलीमाथि असहिषुण भएको आरोप लगाए । एकलौटी नहोस् भनेर नै संवैधानिक परिषद्मा विपक्षी दलको नेता हुने व्यवस्था गरिएको तर, आफूले पत्र पठाउँदा पनि बैठक राखेर निर्णय गरेको गुनासो गरे ।

कांग्रेस सभापति देउवाले सुरक्षा परिषद्सम्बन्धी विधेयकको पनि चर्को आलोचना गरे । परिषद्ले सेना परिचालन गर्ने बेला भइसक्यो कि सकेन, पुलिसले नै सक्ने अवस्था हेर्ने भन्दै उनले भने, ‘अब सेना प्रधानमन्त्रीले परिचालन गर्ने, यो पनि कहिँ हुन्छ ? हुकुममा चल्न सेना कसैको नोकर हो ? राष्ट्रको सेना हो ।

सरकारले हरेक ठाउँमा हस्तक्षेप गरेको भन्दै उनले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बताए । उनले भने, ‘यस्तो तरिकाले चल्दैन, तपाईहरु अगाडि बढ्नुस् । हाम्रो समर्थन रहन्छ ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...