News Portal

  • मेघाश्री गुट्खाको अबैध कारोबार मौलाउदो

    हिमाली संचार संवाददाता
    ६८५ पटक

    नेपालगन्ज, २९ चैत : पश्चिम नेपालका बजार तथा ग्रामीण बस्तीमा अवैद्य गुट्खाको कारोबार बढेको छ । जसमा मेघाश्री नाम गरेको गुट्खाले त राजश्व नै छली गरेर बिक्रि वितरण गर्दै आएको खुलेको छ । गुट्खा मध्येकै स्वास्थ्यका लागि सबैभन्दा हानिकारक मानिने मेघाश्रीले नेपालगन्ज र यस पश्चिका बजारमा राजश्व छलेर बिक्रि गरेको छ ।

    सरकारले आर्थिक वर्ष २०७१/७२ देखि लागू हुने गरी सुर्तीजन्य पदार्थमा कडाइ गरे पनि कार्यान्वयन पक्ष फितलो भएका कारण मेघाश्री गुट्खा तथा सुर्तीजन्य पदार्थको अवैध कारोबार मौलाउँदै गएको छ । सुर्तीजन्य ऐन २०६८ ले सार्वजनिक स्थालमा चुरोट, बिँडी, गुट्खा र कंकड सेवनमा रोक लगाएको छ । तर, कानुनमा व्यवस्था भएअनुसारको काम गुट्खा उत्पादकले पालना गरेको देखिँदैन ।

    पछिल्लो समय कैलालीबाट उत्पादन हुँदै आएको मेघाश्री र सुपर पावर भन्ने सुर्ती उद्योगले सरकारको कानुनी व्यवस्थाको खिल्ली उडाउँदै पश्चिम नेपालका बजार तथा गाउँमा कब्जा जमाएको छ ।

    सरकारका सम्बन्धित निकायबाट समयमा बजार अनुगमन नहुँदा अहिले बजारमा राजश्व छलेर बिक्रि भइरहेको मेघाश्रीको खुलेयाम कारोबार भइरहेको छ । यसको पछिल्लो उदाहरणका रूपमा केही ददिन अघि राजस्व छली लैजाँदै गरेको १ सय ४० बोरा गुट्खा बरामद भएको थियो ।

    कैलाली जिल्लास्थित श्रीदेउती गुट्खा इण्डष्ट्रिजबाट लक्ष्मी टेड्रिङ कोहलपुरमा उक्त गुट्खा पठाउन लागेको विल प्राप्त भएको कोहलपुर प्रहरीले बताएको छ । बरामद गरिएको मेघाश्रीको मुल्य अन्दाजी १२ लाख रहेको थियो । यसबाट पनि मेघा।ीले अवैद्य रूपमा सरकारलाई राजश्व छलेर कारोबार अघि बढाएको स्पष्ट भएको छ ।

    सहर तथा गाउँका चिया पसल, किराना पसल र होटलहरुमा समेत त्यस्ता खैनी तथा गुट्खाहरु बिक्रीवितरणको लागि राखेको भेटिन्छ । माग बढेसँगै अवैधरुपमा विना स्टिकर उत्पादन भएका गुट्खा जहीँतहीँ भेटिन थालेका छन । उक्त गुट्खा अहिले खुल्लमखुल्ला बिक्रीवितरण भइरहँदा समेत सरकारी निकाय मौन छ । एकदमै हानिकारक मानिएको उक्त मेघाश्रीका बारे बुझन खोज्दा श्रीदेउती गुट्खा इण्डष्ट्रिजका कुनैपनि प्रतिनिधीसँग सम्पर्क हुन सकेन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...