News Portal

सांसदले पदको उन्माद देखाउँदै एयर होस्टेज प्रति गरे यस्तो दुर्ववहार

हिमाली संचार संवाददाता
४९४ पटक

काठमाडौं, २९ चैत : बुधबार साँझ काठमाडौंबाट बुद्ध एयरको जहाज झापाको भद्रपुरको लागि उड्यो । जहाजले उचाई लिएपछि एयर होस्टेजले एक जना भद्र देखिने व्यक्तिलाई बोर्डिङ पासमा भएको सिट नम्बर अनुसार बस्न आग्रह गरिन । ति भद्र एक्कासी कड्कीए । नम्र स्वरमा बोलेकी एयर होस्टेजलाई हप्काउँदै उनले भने –‘मलाई तिमीले सिकाउने ? ‘ म को हो चिनेकी छस् ? बुद्ध एयरको दादागिरी अति भयो, हामीले बुद्ध एयरको गतिविधि नजिकबाट हेरिरहेका छौं ।’ भद्र देखिने व्यक्ति एक्कासी जंगिए पछि ति एयर होस्टेज बेस्सरी डराइन । अनुहार रातोपिरो देखियो ।

ति भद्र व्यक्ति थिए नेकपा सांसद एंव मेनपावर व्यवसायी संघका पूर्वअध्यक्ष एलपी साँवा लिम्बु । संघिय संसदको लोगो लगाएका लिम्बु बोर्डिङ पासमा भएको सिटमा नबसी अर्कै खाली सिटमा बसेका थिए । सांसद जस्तो व्यक्तिले सेवा दिन बसेकी एयर होस्टेज माथि गरेको दुर्वव्यवहार देखेर अन्य यात्रु आश्चर्यमा परेका थिए ।

सायद एयर होस्टेजलाई ति व्यक्ति सांसद भन्ने पनि थाहा थिएन । विना कारण सांसद लिम्बुको हप्की खाएकी एयर होस्टेजले राम्रोसंग यात्रुलाई सेवा दिन समेत सकिनन । अर्की एयर होस्टेजले उनको काम समेत सघाइन ।

सांसद लिम्बुले एयर होस्टेजले चकलेट पानी दिँदा समेत जंगिदै चाहिदैन भने । उडान अवधि भरी रिसाएर बसेका लिम्बुले भद्रपुर विमानस्थलमा पुगेपछि एयर होस्टेजले केहि समय नओर्लन गरेको आग्रह पनि मानेनन । ढोका खुल्ने वित्तिकै जर्वजस्ती ओर्लिए ।

भद्रपुर पुगेपछि अन्य यात्रुसंग ति एयर होस्टेजले आफुले गल्ती नगरेको बताइन । उनले कुनै एक यात्रुले आफुले गल्ती गरेको अथवा नगरेको साछी बस्नका लागि सम्पर्क नम्बर दिन आग्रह गरिन । एक जनाले उनी प्रति भएको दुव्र्यवहार प्रति दुःख व्यक्त गर्दै सम्पर्क नम्बर दिए । उनको अनुहार मलिन थियो ।

पेशाले नै नम्र र शालिन हुनु पर्ने एयर होस्टेजको कुनै गल्ती थिएन । बरु सांसद लिम्बुले नै पदको उन्माद देखाउँदै ति एयर होस्टेज प्रति अपमान र दुव्र्यवहार गरेका थिए ।

स–परिवार यात्रा गरेका सांसद लिम्बुको उक्त व्यवहारले जहाजमा यात्रा गरिरहेका अन्य यात्रु स्तब्ध देखिएका थिए । रास्ट्रपुकारबाट

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...