News Portal

विदेशबाट फर्किँदा कति सुन ल्याउन पाईन्छ ? नयाँ नियम लागू

हिमाली संचार संवाददाता
५८७ पटक

काठमाडौं, २९ चैत : सर्बोच्च अदालतको आदेशपछि सरकारले विदेशबाट फर्किँदा सुन ल्याउन पाउने व्यवस्थामा संशोधन गरेको छ । झिटिगुन्टा आदेशमा संशोधन गर्दै सरकारले अब सय ग्रामसम्म सुनका गहना भन्सार तिरर ल्याउन दिने व्यवस्था गरेको छ ।

अब ५० ग्रामसम्म सुनका गहना ल्याउँदा भन्सार तिर्नुपर्दैन भने त्यसभन्दा माथि सय ग्रामसम्म ल्याएर भन्सार तिर्नुपर्ने त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्रकुमार ठाकुरले जानकारी दिए । यसअघि ५० ग्रामभन्दा बढी सुनको गहना लिएर आउँदा सिधै जफत गर्ने गरिएको थियो ।

यसो गर्दा धेरै यात्रु पीडित भएका थिए, त्यो मुद्दा सर्बोच्चमा पुगेको थियो । सर्बोच्चले १० ग्रामसम्म सुनको गहाना भन्सार तिरर ल्याउन पाउने गरी व्यवस्था गर्न भनेपछि सरकारले नियम संशोधन गरेको हो ।

हाल विदेशमा काम गरेर फर्किने नेपाली कामदारले १०० ग्रामसम्म काँचो सुन ल्याउन पाउँछन् । त्यसका लागि कर तिर्नुपर्छ । ५० ग्रामसम्म सुन ल्याउँदा एक ग्रामको ५२० रुपैयाँका हिसावले कर तिर्नुपर्ने हुन्छ । यसअनुसार १० ग्रामको ५२ सय र ५० ग्रामको २६ हजार भन्सार लाग्छ ।

५० ग्रामभन्दा बढी सुन ल्याएमा भने बढी ल्याइएको सुनमा प्रतिग्राम ६२० रुपैयाँ कर लाग्नेछ । यसअनुसार ५० ग्रामबाट बढेर १० ग्राम बढी सुन ल्याएमा थप ६२ सय र ५० ग्राम ल्याएमा थप ३१ हजार रुपैयाँ भन्सार तिर्नुपर्छ ।

१०० ग्राम सुन ल्याउने हो भने पहिलो ५० ग्राममा २६ हजार रुपैयाँ र पछिल्लो ५० ग्राममा ३१ हजार भन्सार तिर्नुपर्छ । सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत हुन्छ । ठूलो परिमाणमा सुनको गहना लगाएर आउँदा पनि जफत गरिन्छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...