News Portal

ओली मानसिक रोगले ग्रसित : युवा नेता पौडेल

हिमाली संचार संवाददाता
४५२ पटक

काभ्रे, २८ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली ओली मानसिक रोगबाट ग्रसित रहेको आरोप लगाएका छन् । मानसिक बिरामीले नेपाल समृद्ध बनाउन नसक्ने टिप्पणी उनले गरे ।

“गफाडी प्रवृत्तिले देश बन्दैन । नेपाली कांग्रेसलाई गाली गरेर समृद्धि आउँदैन,” नेपाली कांग्रेस क्षेत्रीय समिति–१ काभ्रेको कार्यालय भवन उद्घाटन तथा आमसभामा बुधबार बोल्दै पौडेलले भने, “ओली गाली गर्ने ठाउँमा होइन, देश विकास गर्ने ठाउँमा छन् ।

संविधान नराम्रो भएर राजावादी सल्बलाएका होइनन्, केपी, प्रचण्ड नालायक भएर सल्बलाएका हुन् ।” संविधानका विरुद्धमा कसैले  बोले कांग्रेसले प्रतिकार गर्ने उनले बताए । “ओली, प्रचण्डले संघीयता चाहेका छैनन्, कांग्रेसलाई संघीयता चाहिएको हो,” उनले भने ।

कांग्रेस सानो संख्यामा भए पनि सरकारका गलत कामको सशक्त विरोध गर्दै आएको उनले दाबी गरे । “अब संसदबाट मात्रै हुन्न, कांग्रेस सडकमा आउनुपर्छ। संसद भित्रबाटमात्रै सरकारलाइ सच्याउन सकिँदैन,” उनले भने।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...