News Portal

ओली मानसिक रोगले ग्रसित : युवा नेता पौडेल

हिमाली संचार संवाददाता
३९४ पटक

काभ्रे, २८ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली ओली मानसिक रोगबाट ग्रसित रहेको आरोप लगाएका छन् । मानसिक बिरामीले नेपाल समृद्ध बनाउन नसक्ने टिप्पणी उनले गरे ।

“गफाडी प्रवृत्तिले देश बन्दैन । नेपाली कांग्रेसलाई गाली गरेर समृद्धि आउँदैन,” नेपाली कांग्रेस क्षेत्रीय समिति–१ काभ्रेको कार्यालय भवन उद्घाटन तथा आमसभामा बुधबार बोल्दै पौडेलले भने, “ओली गाली गर्ने ठाउँमा होइन, देश विकास गर्ने ठाउँमा छन् ।

संविधान नराम्रो भएर राजावादी सल्बलाएका होइनन्, केपी, प्रचण्ड नालायक भएर सल्बलाएका हुन् ।” संविधानका विरुद्धमा कसैले  बोले कांग्रेसले प्रतिकार गर्ने उनले बताए । “ओली, प्रचण्डले संघीयता चाहेका छैनन्, कांग्रेसलाई संघीयता चाहिएको हो,” उनले भने ।

कांग्रेस सानो संख्यामा भए पनि सरकारका गलत कामको सशक्त विरोध गर्दै आएको उनले दाबी गरे । “अब संसदबाट मात्रै हुन्न, कांग्रेस सडकमा आउनुपर्छ। संसद भित्रबाटमात्रै सरकारलाइ सच्याउन सकिँदैन,” उनले भने।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...