News Portal

सरकारसंगको सम्झौता कार्यान्वयन नभए बाहिरिन्छौँ : उपेन्द्र यादव

हिमाली संचार संवाददाता
३९४ पटक

दमन राई
खोटाङ, २८ चैत : उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सरकारमा सहभागी हुनेक्रममा गरिएका सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने बताएका छन्। संघीय समाजवादी फोरम खोटाङले बिहीबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले हालसम्म प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, संघीय गणतन्त्र, समावेशिता र पहिचानको मुद्दालाई संस्थागत गर्ने मुद्दा पूरा नहुने अवस्था आए आफ्नो पार्टीको बाटो अलग हुने बताएका हुन्।

‘राजनैतिक कारणहरु, मधेसी, आदिवासी जनजातीका मुद्दाहरु, महिलाका मुद्दाहरु, दलितका मुद्दाहरु, पिछिडिएका वर्ग र समुदायका मुद्दाहरु अहिले पनि सम्बोधन हुन बाँकी छ। त्यसलाई सम्बोधन गरेर जाने समझदारीमा हामी सरकारमा गएको हो,’ संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका मन्त्री यादवले भने, ‘जुन कारणका लागि हामी सरकारमा समावेस भयौँ, त्यो भएन भने, हुन नसक्ने स्थिति भयो भने या गर्दिन भन्ने भयो भने त्यो बेला हाम्रो बाटो फरक हुन सक्छ। त्यो निश्चित हो। तर, अहिले नै सरकार छाड्ने भन्ने छैन।

मुलुकलाई गाँठो परेर बस्नबाट जोगाउँदै संविधान संशोधन लगायतका काम पूरा गर्नका लागि संघीय समाजवादी फोरम सरकारमा सहभागी भएको उपप्रधान एवं स्वास्थ्य मन्त्री यादवले स्मरण गरे। ‘हामी आएर यो सरकार बनेको पनि होइन। हामी नआउँदा सरकारको बहुमत जान्छ भन्ने पनि होईन। तर, दुई तिहाई पु-याउनलाई हाम्रो आवश्यकता हो।

हामीले दुई तिहाई पु-याइदिएको हो, ताकी मुलुक गाँठो परेर नबसोस्,’ स्वास्थ्य शिविर सञ्चालनकाक्रममा दिक्तेल आइपुगेका यादवले भने, ‘संविधान संशोधनलगायतका सिस्टम सुधारको कामहरु अगाढि बढोस्। हाम्रो पार्टी सरकारमा निश्चित लक्ष्यका लागि गएको हो। मन्त्री यादवले मधेशमा अलग्गै राज्य बनाउने नारा लिएका सिके रावतले जेल बस्दा आत्तिएर मुद्दा छाडेको बताए।

पञ्चायत कालमा विभिन्न आन्दोलन गरिन्थ्यो, जेल परिन्थ्यो। दुई चार दिन जेलमा परेपछि कतिपय मान्छे आत्तिन्थे र म आक्कलझुक्कलमा परेको हुँ, म यो निर्दलीय व्यवस्था मान्छु भनेर कागज गर्थे र जेलबाट छुट्थे,’ यादवले भने, ‘सिकेजी चार महिना जेलमा बसे, आत्तिए र आत्मसमर्पण गरे।

मधेशलाई अगल देश बनाउछु भन्ने मुद्धा छोडे, अव यस्तो कहिल्यै गर्दिन भनेर कागज गरेर छाडिए। भएको त्यत्ती हो। मन्त्री यादवले गोजीमा पैसा नहुँदा उपचार गर्न नसकेर ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्यका लागि सरकारले स्वास्थ्य नीति कार्यान्वयन सुरु गरेको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...