News Portal

सातै प्रदेशबाट कम्पनी दर्ता हुने

हिमाली संचार संवाददाता
५१७ पटक

काठमाडौं, २८ चैत : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७ वटै प्रदेशमा कम्पनी रजिष्ट्रार कार्यालयको शाखा खोल्ने भएको छ। उद्योगी, व्यवसायीलाई व्यवसाय सञ्चालनमा सहजता प्रदान गर्न प्रदेशगत रुपमा शाखा खोल्ने योजना बनाएको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिएको सेतोपाटिले जनाएको छ।

सो योजना अनुसार मन्त्रालयले प्रदेश १ र  ५ मा कार्यालयको शाखा खोलिसकेको छ। त्यहाँ केही कर्मचारी समेत पठाइसकेको प्रवक्ता भट्राईले बताए।
‘प्रदेश १ र ५ मा कम्पनी रजिष्ट्रारको कार्यालय सञ्चालनमा आइसकेको छ, सातै प्रदेशमा फैलाउने योजनामा छौँ,’ प्रवक्ता भट्टराईले भने, ‘त्यसका लागि प्रदेशगत समन्वय भइरहेको छ।

यस अघि नयाँ व्यवसाय वा कम्पनी दर्ता गर्न काठमाडौंमा नै आउनु पर्ने बाध्यता थियो। अब शाखा कार्यालयबाट नै कम्पनी सम्बन्धी काम हुने भट्टराईले बताए।

प्रदेशगत रूपमा कम्पनी रजिष्ट्रारको कार्यालय हुँदा यसबाट व्यवसायी लाभान्वित हुने मन्त्रालयले जनाएको छ।  उनका अनुसार कम्पनी दर्ता, शेयर नामसारी लगायतका अधिकांश काम शाखा कार्यालयबाट हुन्छ। केही महत्वपूर्ण नीतिगत काम भने केन्द्रबाट नै हुने छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...